शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इटहरीमा यामाहा एफजी २५ ‘राइड आउट’, २५ जना राइडर सहभागी

सोमबार, २८ जेठ २०७५, १९ : १२
सोमबार, २८ जेठ २०७५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले राइडरहरुकालागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को चौथो संस्करणको आयोजना गरेको छ । १ नम्बर प्रान्तका एफजी २५ राइडरर्सलाई इटहरीको यामाहा सोरुमबाट धरान हुँदै भेडेटार नाम्जेसम्मको यात्रा गराएको थियो ।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायतका सामुहिक टास्क दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागी सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

तिरुपति अटोसिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए । साथै, सहभागी राइडरहरुले पनि यामाहाले दिएको अवसरप्रति एफजी २५ का राइडर खुसीव्यक्त गरे । ‘यामाहाले एफजी २५ चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिनप्रदान गरेको छ । 

अत्याधुनिक फ्युलइन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ ।

यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको यामाहाले जनाएको छ । नेपालमा लन्च भएको एक वर्ष नबित्दै एफजी २५ तीन हजारभन्दा बढी ओटा विक्री भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप