शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री अधिकारी क्यानडा प्रस्थान

सोमबार, २८ जेठ २०७५, १८ : २५
सोमबार, २८ जेठ २०७५

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री क्यानडा प्रस्थान गरेका छन् । 

आइकाओको प्रधान कार्यालय मन्ट्रियलमा यही जेठ २९ गते हुने ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ ग्रहण गर्न मन्त्री अधिकारी आइतबार राति त्यसतर्फ गएका पर्यटन मन्त्रालयले जनाएको छ । उडान सुरक्षा सुपरीवेक्षणका क्षेत्रमा नेपालले हासिल गरेको उल्लेखनीय प्रगतिलाई कदर गर्दै आइकाओले सम्मान दिन लागेको हो । 

उडान सुरक्षाका क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमजोरीलाई निराकरण गर्न नेपालले गरेको अथक प्रयासका कारण सन् २०१७ जुलाई ४ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षणपछि नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो । 

नेपालले उडान सुरक्षाका क्षेत्रमा गरेको कामको आइकाओबाट हुने कदर नेपालको उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

मन्त्री अधिकारी आगामी असार ६ गते स्वदेश फर्कने उनको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप