शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सातौ घरजग्गा मेला असार १ देखि ५ गतेसम्म

सोमबार, २८ जेठ २०७५, १८ : २५
सोमबार, २८ जेठ २०७५

काठमाडौं– सातौ घरजग्गा मेला यहि असार १ गतेदेखि ५ गतेसम्म हुने भएको छ । मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था र यसको समस्या तथा समाधानको उपाय सहितको जानकारी उपलब्ध गराउने आयोजक पक्षले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आफ्नो आफ्नो सेवा तथा वस्तु उत्पादन बारे प्रदर्शनी गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर, अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्टर कन्सलट्यान्टको सहभागी रहने बताइएको छ । यसको प्रायोजन एनआइसी एसिया बैंकले गर्नेछ । 

यस्तै, मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, वास्तुकलामा संलग्न व्यवसायीले पनि आफ्ना उत्पादनको प्रदर्शन तथा परामर्श सेवा समेत उपलब्ध गराउने छन् । सेवाग्राहीको छनौटको आधारमा उचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सुलभ बनाउन मेला उपयोगी हुने मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले जनाएका छन् । मेलामा ६० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । भृकुटीमण्डपमा हुने मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

यस्तै, दोस्रो हाउजिङ समिट २०१८ असार ४ र ५ गते हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौ उपत्यका विकास प्राधिकरण र इन्टिच्युट अफ इन्जिनियरिङको संयुक्त आयोजनामा  समिट हुन लागेको हो । समिटको उद्घाटन भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले होटल याक उण्ड यतिमा गर्नेछन् । हाउजिङ समिटको प्रायोजन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्नेछ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप