शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई संघीयतानै मन पर्दैनः गगन थापा

सोमबार, २८ जेठ २०७५, १७ : ५१
सोमबार, २८ जेठ २०७५

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधीको आरोप लगाएका छन् । सोमबार पार्टीको भातृसंगठन नेपाल विद्यार्थी संघ, काठमााडैं जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीमाथि सो आरोप लगाएका हुन् ।

नेता थापाले मुलुकको संघीयतामाथि पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई प्रधानमन्त्री ओली र उनको पार्टीबाट संघीयतामाथि खतरा रहेको आरोप लगाए । उनले भने, ‘जनताबाट दुई तिहाई बहुमत प्राप्त पार्टी, जो अहिले सरकारको नेतृत्व गरिरहेको छ, त्यसबाट लोकतन्त्र र संघीयतामाथि खतरा रहेको छ ।’

नेता थापाले यो नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरुको शासकहरुबाट पनि देखिएको बताउँदै नेपालमा पनि प्रधानमन्त्री ओली र उनको पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको बताए । नेता थापाले नेपालमा सबैभन्दा बढी संघीयताविरोधी नेताका रुपमा चित्रबहादुर केसीलाई देखिए पनि उनी त्यस्तो नभएको बताए ।

उनले नेता केसी बाहिर मात्र संघीयता विरोधी भएको बताउँदै सबैभन्दा बढी संघीयताविरोधी नेता प्रधानमन्त्री ओलीनै रहेको दाबी गरे । उनले भने, ‘चित्रबहादुर केसीले त बाहिर मात्र संघीयताको विरोध गरेका छन् तर प्रधानमन्त्री ओलीलाई त संघीयताको व्यवस्था नै मन पर्दैन ।’ 

संघीयता, समावेशीता लगायतका मुद्धामा जनतालाई  विरोध गर्ने अधिकार भएको तर प्रधानमन्त्री ओलीलाई यसको विरोध गर्ने अधिकार नभएको थापाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप