शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टको विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार

सोमबार, २८ जेठ २०७५, १७ : ४३
सोमबार, २८ जेठ २०७५

काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ ।

हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सक्ने जनाएको छ । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विन पोष्ट को लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ ।

हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको प्रेडिक्ट एण्ड विन खेललाई यसपटक पनि निरन्तरता दिएको कम्पनिले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप