बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भायनेटको विश्वकप अफर, “भायनेटसँग विश्वकप सित्तैमा”

सोमबार, २८ जेठ २०७५, १७ : ०४
सोमबार, २८ जेठ २०७५

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले विश्वकप अफर सार्वजनिक गरेको छ ।  यस अफरमा ग्राहकहरुले भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ ।

भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १००० रेन्टल चार्ज, ५०० डिपोजिट तिरेर ६ महिना वा २५०० रेन्टल तिरेर, ५०० डिपोजिट तिरेर १२ महिनासम्म नेट टि.भी. सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ । ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु रहेको यस नेट टि.भीको सोनी टेन टू र सानी टेन थ्रि मा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नेट टि.भी.सँगै ग्राहकहरुले वार्षिक १०,००० मा १८ एमबिपिएस्, १२,००० मा ३० एमबिपिएस् र १६,००० मा ६० एमबिपिएस्को इन्टरनेट समेत प्राप्त गर्न सक्ने भायनेटले जनाएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस शुरुवात गरेको हो ।

इन्टरनेट सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन र हेटौंडामा समेत आफ्नो सेवा सुचारु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप