बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइडिया सेयरिङ्गका लागि “याक्सन फर एसडीजी”, उत्कृष्ट आइडियालाई पुरस्कृत

सोमबार, २८ जेठ २०७५, १६ : २६
सोमबार, २८ जेठ २०७५

काठमाडौं । कोकाकोलाद्वारा आयोजित “याक्सन फर एसडिजी” क्यामपेन सम्पन्न भएको छ । नेपाल भरिका २०० भन्दा बढी युवा सहभागि यस क्याम्पेन ‘कल फर आइडिया’ नामले सार्वजनिक भएको थियो । ‘यूथ याक्सन फर ग्लोबल गोल’ थिमलाई मुख्य फोकस गरिएको थियो ।

कार्यक्रममा युवाहरु र बिभिन्न क्षेत्रका नेतृत्व बर्ग, सरकारी, कर्पोरेट, सामाजिक क्षेत्रका अगुवा र युएन एजेन्सीका प्रतिनिधिकोको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमले युवाहरुलाई बिभिन्न प्ल्याटर्फमहरु मार्फत प्रेरणा दिनुका साथै उनिहरुलाई आफ्नो विचार र कामको स्वामित्व लिन तयार पार्ने जसले एउटा राम्रो समाजको विकासमा योगदान दिने विश्वास आइसेकले लिएको छ ।

यस अभियानको मुख्य लक्ष्य युवाहरुको आईडियालाई ६ विशेष एसडीजी अन्र्तगत देशभर परिचालन गर्नु हो । यस इभेन्टमा युवाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर प्यानल डिस्कसन र वर्कशपमा भाग लिन लगाइएको थियो । साथै, उनिहरुको आइडियालाई एसडीजी अन्र्तगत छनोटगरी उत्कृष्ट आइडियाको लागि नगद पुरस्कार र आईसेकको साथ ६ महिनाको इन्कम्बेशन प्राप्त गर्ने आइसेकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप