शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

सोमबार, २८ जेठ २०७५, १५ : ३७
सोमबार, २८ जेठ २०७५

काठमाडौं । टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले जेठ २६ र २७ गते “टोयोटा एक्सचेन्ज मेला”सम्पन्न गरेको छ । २ दिन सम्म चलेकोे उक्त मेलामा  कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो ।

ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो । उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसै गरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो ।

मेलामा मनोरन्जनका लागि विशेस सांगीतिक ब्याण्ड को लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथ साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता कार्यक्रम पनि थिए । 
उक्त मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप