शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिस होमले विश्वकपको नेपालीमा प्रत्यक्ष प्रसारण गर्ने, ऋषि धमला पनि विश्लेषक

सोमबार, २८ जेठ २०७५, १४ : ०८
सोमबार, २८ जेठ २०७५

काठमाडौं । रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् ।

डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन । चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ । 

उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो । प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपालि भाषा मा नै हुने हुँदा बिश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप