शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा अर्घाखाँची सिमेन्टको सहयोग

सोमबार, २८ जेठ २०७५, १३ : ५८
सोमबार, २८ जेठ २०७५

रुपन्देही । ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले रुपन्देहीको सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

सिमेन्टले सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्याग सहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गर्नु भएको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक अभियानलाई सार्थक पार्न अर्घाखाँची सिमेन्टले उक्त कार्यक्रममा जोडिएको जनाएको छ ।

कार्यक्रममा उक्त क्षेत्रका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको अर्घाखाँची सिमेन्टले बताएको छ । उक्त कार्यक्रम प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक पशुपति मुरारकाले भने ‘“सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने हो भने यो महाअभियान सफल हुनेमा दुईमत छैन । हामी स्थापनाकाल देखिनै स्थानीयबासीहरुका स्वास्थ्य, शिक्षा र रोजगारी, जस्ता क्षेत्रमा जोडिएर काम गरिरहेका छौँ । जुन इच्छाशक्तिका साथ सम्माननीय प्रधानमन्त्रीले देशै शिक्षित बनाउने अठोट लिनुभएको छ, त्यसको एउटा हिस्सा भएर जोडिन पाउँदा हामी निकै गौरवान्वित भएका छौं ।’

कार्यक्रममा अर्घाखाँची सिमेन्टका निर्देशक राजेश अग्रवालले आउँदा दिनमा पनि सियारी गाउँपालिकासँग निरन्तर रुपमा विभिन्न सहकार्य गरी अगाडि बढ्ने कुरा व्यक्त गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप