शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकले बोनश शेयर वितरण गर्ने

सोमबार, २८ जेठ २०७५, १३ : ४६
सोमबार, २८ जेठ २०७५

काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफावाट बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको जेष्ठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संचालक समितिको आ.वं २०७३/७४ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै संचित मुनाफावाट कुल चुक्तापूंजीको १९.३१०६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल चूक्ता पूँजी २ अर्व ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैैंक सवै भन्दा ठूलो एवं अग्रणी बिकास बैक बन्न पनि सफल भएको छ । सभाले आगामी चार वर्षको लागी छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक शेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा रहेका छन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणबहादुर बाँनिया, कृष्णवहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी रहेका छन् । 

बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप