शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइ एम एस मोटर्सको साङयोङ – अन्बिटेबल डिस्काउन्ट अभियान

सोमबार, २८ जेठ २०७५, १३ : ३६
सोमबार, २८ जेठ २०७५

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले यहि जेष्ठ २८ गतेदेखि, अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गर्ने भएको छ्र । यस अभियान अबधिभर, आइ एम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५००,००० को छुट दिने जनाएको छ ।

यति मात्र नभई यस कोरियन लक्जरी एसयूभी ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधामा सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको, नःशुल्य सवारी कर, निःशुल्क एक्सोसरिज लगायतका सुबिधाहरु दिने जनाएको छ ।

आइ एम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने “हामी सधै ग्राहकलाई असल सुबिधा दिन तत्पर रहन्छौँ, अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४०५ सम्मको अन्तशुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान सुरु गर्न लागेका हौ ।” आचार्यका अनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।स्याङयोङ मोटर्स, दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ठ र प्रतिष्ठित एसयूभी ब्रान्ड ओटोमोबाइल कम्पनि हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप