केन्द्रीय संस्करण

सोसल मिडियामा सोधियो एक रातको रेट, नायिकाले दिइन् यस्तो जवाफ

person access_timeजेठ २८, २०७५ chat_bubble_outline0

नायिका, मोडल र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात पछिल्लोपटक श्रीमानसँग अलग्गिएपछि लगातार चर्चामा छाइरहेकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् त्यहाँ उनले विभिन्न तस्बिरसहित आफ्नो दिनचर्याबारे जानकारी दिने गरेकी छिन् ।

हालै सोफियालाई एक प्रयोगकर्ताले अश्लिल मेसेज पठाएपछि उनी भड्किएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

सोफियालाई इन्स्टाग्राम अकाउन्ट @abidhussain_1   बाट अश्लिल मेसेज पठाइएको थियो । ती व्यक्तिले सोफियालाई उनको एक रातको मूल्य सोधेका थिए । सोफियाले उनलाई गतिलो जवाफ दिएको स्क्रिनसटक सेयर गरेकी छिन् ।

सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा त्यसपछि बहिनी र श्रीमतीलाई सोध्, उनीहरुले तँलाई एक रातको रेट बताउनेछन् ।’

 

And he asks so politely..

A post shared by Sofia Hayat (@sofiahayat) on

यस्तोमा प्रयोगकर्ताले जवाफमा लेखे, ‘तर उनीहरुले त आफ्नो शरिर तिमीलेजस्तो देखाउँदैनन् ।’

सोफियाले यो कुराको थप कडा जवाफ दिइन्, उनले लेखिन्, ‘तेरी आमाले आफ्नो शरिर देखाइन् । टाँङ फट्याएर तँलाई जन्म दिइन् । तेरो दिमागलाई सफा गर्नुपर्छ । के रमजान तेरो जीवनमा केही महत्व राख्दैन ?’

 

I wonder if he is fasting today his id us @abidhussain_1

A post shared by Sofia Hayat (@sofiahayat) on

यसअघि एक व्यक्तिले सोफियालाई २० लाख भारु दिएर एक रात बिताउने अफर दिएका थिए । त्यतिबेला पनि उनले कडा जवाफ दिँदै स्क्रिनसट सेयर गरेकी थिइन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ