शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न

सोमबार, २८ जेठ २०७५, १३ : २५
सोमबार, २८ जेठ २०७५

काठमाडौं । बार्षिक प्रतिवेदन पारित गर्दै युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. को २४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आ.ब. २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीको आ.व. २०७४/०७५ को लेखापरीक्षण कार्य गर्नको लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ । सभामा उपस्थित सर्वसाधारण शेयरधनीहरुले कम्पनीको सुधार हुँदै गईरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ सुधार हुने विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप