शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा र पृथ्वीको मायामा बियर परेछ ! (भिडियो)

सोमबार, २८ जेठ २०७५, १२ : ५९
सोमबार, २८ जेठ २०७५

काठमाडौं ।२९ असारबाट प्रदर्शनमा आउने चलचित्र वीरङ्गनाको ‘तिम्रो हाम्रो मायामा बियर परेछ’ गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीत रिलिज गिरएको हो ।
गीतमा अभिनेत्री शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दीपक शर्माको संगीत र रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ, भने सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । 
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् । 
नारी प्रधान एक्शन लभ जनरामा बताइएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । 
चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप