शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

द क्रिएसनका डिजाइन अन्नपूर्णको र्‍याम्प (फाेटाेफिचर)

सोमबार, २८ जेठ २०७५, १२ : ४०
सोमबार, २८ जेठ २०७५

काठमाडौं– निशा सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टलगायतले तयार पारेका आकर्षण पहिरनहरु अन्नपूर्ण होटलमा प्रदर्शन गरियो ।

इन्स्टिच्यूट अफ फेसन डिजाइनले ‘फेसन नोभा २०१८ : सिजन–७’ शीर्षक दिएको फेसन शो कार्यक्रम फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि आयोजना गरिएको आयोजक मनिता थापाले बताएकी छन् ।

ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्स थिमममा शोमा पहिरनहरु प्रदर्शन भए ।

मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराई लगायतले र्याम्पमा क्याटवाक गरेका थिए । उनीहरुलाई डेढ दर्जन व्यवसायिक मोडलहरुले क्याटवाकमा साथ दिएका थिए । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन् ।

जेनिफर बज्रँचार्यद्वारा संयोजन गरिएको उक्त फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी हुन् । फेसन शोको क्रममा हास्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायिका श्रृजना गुरुङ, गायक ध्रुव विश्कोले गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप