मना सार्कीको हत्यारालाई कारबाही गर्न मुक्ति समाज दाङको आग्रह
दाङ । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ की दलित महिला सदस्य मना सार्कीको हत्याको विरोध गरेको छ ।
जेठ १९ गते बेलुकी दलित महिला सदस्य मना सार्कीको दलित भएकै कारण कुटपिट गरेर हत्या गरेको विरोधमा मुक्ति समाज दाङले विरोध जनाएको हो ।
मुक्ति समाज दाङका अध्यक्ष टंक सुनारले आईतबार एक विज्ञप्ती जारी गर्दै सार्कीको जातीय विभेदकै कारणले कुटपिट गरेर हत्या हुनुले फेरि अर्को पटक सम्पुर्ण नेपाली दलित समुदाय त्रसित र भयभित बनेको उल्लेख गरे ।
जे ठ १९ गते वेलुकी ८ः३० वजे आफ्नै खेतवारीबाट तरकारी लिएर पानीको धारामा पखाल्दै गरेको अवस्थामा नजिकै छिमेकी कम्मर शाहीका छोरीहरु २५ वर्षीय राजिन्द्रा शाही र २१ वर्षीया सिर्जना शाहीले धाराको पानी छोएको निहुँमा ढुंगा र पैयुँको लठ्ठीले टाउकोमा निर्मम ढङ्गले हिर्काएर हत्या गरिएको विज्ञप्तीमा उल्लेख छ । तर दलित समुदायलाई हतोत्साही र कमजोर तुल्याउन अनेक कारणलाई हल्ला बनाईएकोप्रति मुक्ति समाजले भत्र्सना गरेको छ ।
दलित भएकै कारण ज्यान लिनेसम्मका अत्यन्तै निमर्म र क्रुर घटनाहरु नेपाली समाजमा अहिले पनि भैरहनु राष्ट्रिय लज्जाको विषय बनेको भन्दै प्रहरी नियन्त्रणमा रहेका स्थानिय २५ वर्षीय शाही, २१ वर्षीय शाहीमाथि अनुसन्धान गरी कडा भन्दा कडा कार्बाही गर्न मुक्ति समाजका टंक सुनारले आग्रह गरे ।
साथै केन्द्रिय कार्यक्रम अनुसार देशका ७७ वटै जिल्ला प्रशासनमार्फत गृहमन्त्रालय समक्ष ज्ञापनपत्र बनाउने कार्यक्रम रहेको अध्यक्ष सुनारले जानकारी दिए ।
विहान ११ बजे दाङमा क्रियाशिल सम्पुर्ण दलित संघसंगठनहरुले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा