शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धि ल्याउन सरकारले गर्नुपर्ने काम यस्ता छन् : भानुभक्त ढकाल

आइतबार, २७ जेठ २०७५, ०८ : ५४
आइतबार, २७ जेठ २०७५

अहिले स्थिर सरकार बनेको छ । सरकार नीति तथा कार्यक्रमका साथ अगाडि बढ्न सुरु गरेको छ । संस्थागत रूपमा सरकार त्यो बाटोमा पहिला गएको थिएन । काम चलाउ रूपमा थियो । अहिले सरकारले बजेटका प्राथमिकताका बारेमा छलफल गरिसकेको छ । नीति तथा कार्यक्रम ल्यायो । नेपाल सरकारले बजेट प्रस्तुत गरेको छ । 

सरकारले देशको आर्थिक अवस्थाको बारेमा गहन तरिकाले छलफल गरेको छ । देशको समग्र परिस्थितिमा अब सुधार हँुदै छ । योभन्दा पहिला अस्थिर राजनीतिक सङ्क्रमणकालीन अवस्था थियो । यो राजनीतिक सङ्क्रमणकालको अन्त्यसँगै यहीँबीचबाट अब समाजवाद ल्याउनुपर्ने छ । यहीँबाट समाजवादको आधार तयार गर्नुपर्ने छ । समृद्ध नेपाल सुखी नेपाली अहिलेको प्रमुख आधार हो । यो अहिले अभियान नै हो । सरकारले ल्याएको बजेटमा पनि यो कुरा प्रष्ट देखिन्छ । अहिलेको नीति तथा कार्यक्रम र बजेटबारे संसदमा बहस भयो र एउटा प्रक्रियाबाटक अगाडि बढेको छ । 

धेरै कुराहरू जनताको बीचमा पुगेका छन् । नीति तथा कार्यक्रम जनताको माझमा पुगेको छ । 

अब हामीले समृद्ध नेपाल बनाउने कुरामा चुनौती पनि छ । समृद्ध नेपाल बनाउने सन्दर्भमा धेरै पाटा छन् । यसमा चुनावमा गरेका घोषणाहरूमा तदारूकका साथ कार्यान्वयन गर्नुपर्छ । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई पूरा गर्नुपर्ने हुन्छ । 

सरकारले बजेटमा पनि समृद्ध नेपालको खाका ल्याएको छ । यसको कार्यान्वयनमा हामी सबैले लाग्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय एरपोर्ट बनाउनुपर्ने हुन्छ । जस्तो अहिलेसम्म हाम्रोमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । अब यसमा अन्य ठाउँमा पनि थप्ने भनेका छौँ । अन्य चार स्थानमा बनाएर २० लाख पर्यटक भित्र्याउने भनेका छौँ । पोखर, भैरवालगायतका विमानस्थलको स्तर उन्नति गरेर पर्यटक भित्र्याउन सकेकमा विदेशी पैसा आर्जन हुन्छ । होटलहरूको वृद्धि गर्नुपर्छ । 

रेल मार्गको कुरा छ । चाइनाबाट रसुवा काठमाडौं हुँदै पोखर र लुम्बिनी पु¥याउने भनेका छौँ । भारतबाट रक्सौल हँुदै काठमाडौँ पु¥याउने भनेका छौँ । यसले हामी धेरै अगाडि बढ्ने छौँ । यसले देशको समृद्धिमा धेरै ठूलो महत्वपूर्ण भूमिका निभाउने छ । 

सडकको सन्दर्भमा पूर्व–पश्चिलाई ६ लेनको बनाइने छ । मध्य पहाडी लोकमार्गको निमार्ण पूरा गरिने छ, जसलाई पुष्पलाल लोकमार्ग भनिन्छ । समग्र तराईको विकासका लागि हुलाकी मार्गको निमार्ण गरिने छ ।
मदन भण्डारी मार्गको प्रस्ताव आएको छ  । जुन पूर्व झापादेखि पश्चिम डडेल्धुरासम्म पुग्छ । यसको निमार्ण गर्ने । दक्षिणका सीमावर्ती क्षेत्रबाट उत्तरतर्फ यातायातको निमार्ण गर्नुपर्ने आवश्यक छ । यसलाई सदरमुकामसँग जोडेर मध्य पहाडी लोकमार्गसँग जोड्नु पर्छ । 

शिक्षातर्फ दुई वर्षभित्रमा पूर्ण साक्षरणता बनाउने भनिएको छ । अहिलेको सरकारले प्राथमिकता किटान गरेर ल्याएका छन् । बालबालिकाहरूलाई विद्यालयमा ल्याऊ, सिकाऊ र टिकाऊ भन्ने नारा नै बनाएका छौँ । हरके  स्थानीय तहमा एक प्राविधिक शिक्षालयको व्यवस्था गर्नुपर्छ । एक जना चिकित्सक अनिवार्य बस्ने व्यवस्था गर्नुपर्छ । दुर्गममा महिलाहरू सुत्केरी हुन नसकेर ज्यान गइरहेको छ । यसका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य बिमालाई पनि राष्ट्रिय अभियानका रूपमा लैजानुपर्छ । 

सुरुङ मार्गहरू पनि बनाउनुपर्छ । समयका हिसाबले पनि यस्ता योजनाहरू बनाउनु उपयुक्त छ । कैयौँ यात्राहरू बाटोको कारण ढिला भएका छन् । यसकारण सातवटै प्रदेशमा यातायातलाई छिटो छरितो बनाउन पनि सुरुङ मार्ग बनाउन आवश्यक भएको छ । 

संविधान बनेपछिको पहिलो निर्वाचनबाट जुन इच्छा आकाङ्क्षा राखेर मानिसहरूले जनमत दिएका छन् । यसमो सम्मान मात्र होइन अब परिणाम पनि दिनुपर्छ । हामीले ज्येष्ठ नागरिकलाई भत्ता दिने कुरा मात्र होइन अन्य भत्ता पनि दिनु पर्छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्छ । 

ठूला परियोजनाहरू ल्याउनुपर्छ । यसमा जलस्रोतका र खानेपानीका योजनाहरू पर्छन् । १ नं. प्रदेशमा तमोर चिसाङ डाइभर्सन अगाडि ल्याउँदै छौँ । यो योजनाले झापा, मोरङ र सुनसरीमा सिंचाइको कुरा पूरा हुन्छ । यसले अन्नमा आत्मनिर्भर भइन्छ । रोजगारी सिर्जना हुन्छ । 

तमोर बहुउद्देश्य परियोजना ल्याउनुपर्छ । बर्खा लागेपछि बाढीले सताउँछ । यसलाई रोकथाम मात्र होइन । नदी नियन्त्रण गरेर खोलाहरूमा बस्ती बसाल्न सकिन्छ । हाम्रो देशमा रहेको सुुकुम्बासी समस्या कलङ्कका रूपमा रहेको छ । यसलाई व्यवस्थित गर्नुपर्छ । यसको दुईतर्फबाट सडक बनाएर व्यवस्थित बस्ती बसाल्न सकिन्छ । हरेक वर्ष नदी कटानले कैयाँै हेक्टर जमिन मासिएको छ । यो कटान रोक्यौँ भने हामी सुकम्बासी समस्या समाधान गर्न सकिन्छ । 

स्वास्थ्यका लागि प्रत्येक प्रदेशमा एक एक मेडिकल कलेज स्थापना गर्नुपर्छ । स्वास्थ्य राम्रो भए मात्र मानिसले अरू काम गर्न सक्छ । स्वास्थ्य नै ठीक भएन भने मानिस समृद्धको यात्रामा जान सकिँदैन । यसलाई प्रमुखतामा राखेर काम गर्नु पर्छ । 

संविधान बनेपछिको पहिलो निर्वाचनबाट जुन इच्छा आकाङ्क्षा राखेर मानिसहरूले जनमत दिएका छन् । यसमो सम्मान मात्र होइन अब परिणाम पनि दिनुपर्छ । हामीले ज्येष्ठ नागरिकलाई भत्ता दिने कुरा मात्र होइन अन्य भत्ता पनि दिनु पर्छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्छ । 

कृषिमा आत्मनिर्भर 
कृषिको वैज्ञानिकीकरण, आधुनिकीकरण गर्नु प्रमुख हो । अहिले हामी जीवन निर्वाहमुखी कृषिमा आधारित भएका छौँ । यो कृषिले समृद्धि हँुदैन । सबैभन्दा पहिला यसलाई आधुनिकीकरण गर्नुपर्छ । जब हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा नै कृषिमा आधारित छ भने यसलाई आधुनिकीकरणविना अरू समृद्धि हँुदैन । यो पेसालाई मर्यादित पनि बनाउनुपर्छ । यसका लागि नहर सिंचाइको व्यवस्था प्रमुख हो । कैयौँ उब्जाउ जमिन सिंचाइको व्यवस्था नभएर बाँझै रहेका छन् । कैयौँ जमिन अहिले बाँझो छोड्ने र वैदेशिक रोजगारमा जाने प्रवृत्ति हाबी भएको छ । यो रोक्नु पर्छ । 

खेतीयोग्य जमिनको पहिचान गरेर भूमि नीति ल्याउन आवश्यक छ । यो ल्याएमा हामी खेतीयोग्य जमिन सुरक्षा गर्न सक्छौँ, होइन भने सहरीकरणको नाममा कैयौँ उब्जाउ जमिन कङ्क्रिटमा परिणत हुँदैछन् । यो रोक्न आवश्यक छ । यसको नीति ल्याउनुपर्छ । यसो गर्न सकेमा हामी खाद्यान्नमा आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने हुन्छौँ । संसारमा सबैको विकास हुन्छ । जमिनको विकास हँुदैन । जति छ, त्यसैमा हामीले उन्नति गर्ने हो । यसका लागि हामीले अहिलेबाट नै नीति नियम बनाएर जानुपर्छ । हामीलाई समृद्धिमा सबैभन्दा छिटो पु¥याउने भनेको कृषि नै हो । कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । यसका लागि सरकारले कृषिमा आकर्षित हुने योजना ल्याउनुपर्छ । 

उद्योग 
अब हामीले उद्योग स्थापनाको बाटोमा लाग्नुपर्छ । औद्योगिक क्रान्तिविना समृद्धि हासिल हुन सक्दैन । जति युवाहरू विदेशमा रोजगारीका लागि जाने गरेका छन्, यो शक्तिलाई देशमा नै रोजगारीका लागि उद्योगधन्दा हुन आवश्यक छ । अब हामीले त्यो दिशातर्फ जान आवश्यक र अनिवार्य छ । हामी अब पनि औद्योगिक क्रान्तितर्फ गएनौँ भने समृद्धिको सपना सपना मात्र हुने छ ।

देशलाई औद्योगीकरणका लागि चाहिने कुराहरूको व्यवस्था गर्नुपर्छ । यसका लागि आन्तरिक र बाह्य लगानीको व्यवस्था सरकारले गर्नुपर्छ । लगानीको वातावरण बनाउनुपर्छ । युवाहरूलाई देशमा नै रोजगारी दिने व्यवस्था गर्न सक्यौँ भने समृद्धिमा हामी सफल हुन्छाँै । 

देशमा नै प्राविधिक शिक्षालयको व्यवस्था हुनुपर्छ । शिक्षा अब उत्पादनमूलक हुन आवश्यक छ । हामीलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । यदि दक्ष जनशक्ति भएन भने जति समृद्धिको कुरा गरे पनि हुँदैन । 

पर्यटन 
सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल ल्याउने भन्ने सरकारकाले योजना बनाएको छ । यसका लागि हामीले पूर्वाधारहरू पनि तयार गर्नु पर्छ । हामीसँग पर्यटकीय क्षेत्रको कमी छैन तर यसलाई विश्वमा चिनाउन र प्रचार प्रसार गर्नुपर्छ । 

हाम्रा पर्यटकीय क्षेत्रमा पनि पूर्वाधारहरूको निमार्ण गर्नुपर्छ । विमानस्थलहरू पनि हुनुपर्छ । अहिलेसम्म एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । अब अन्य ठाउँमा पनि अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्छ ।
नेपालको समृद्धिमा पर्यटन क्षेत्रको ठूलो योगदान हुन्छ । यसलाई पनि उद्योगका रूपमा नै लगेर जानुपर्छ । अहिलेसम्म यो पनि गति लिन सकेको छैन । २० लाख पर्यटक भित्र्याउने कुरामा सरकारले, निजी क्षेत्रले व्यवसायीहरूले हातेमालो गरेर गए मात्र सम्भव छ । होइन भने सम्भव हुँदैन । यसका लागि अहिलेबाट नै तयारीका साथ लाग्नुपर्छ । यो दुई वर्षमा २० लाख पर्यटक नेपाल ल्याउन सक्यौँ भने अर्बाैंको मुद्रा आर्जन हुन्छ । यो मुद्रा देश समृद्धिमा लगाउने हो । 

जलस्रोत
विश्वमा जलस्रोतमा दोस्रो धनी देश हो । यसको सही सदुपयोग हुन सकेको छैन । हामी आफैले जलस्रोतमा लगानी गरेर समृद्धि हासिल गर्न सक्छौँ । ठूलाठूला आयोजनाहरू हामीले आफै र अन्य देशहरूसँग मिलेर सञ्चालन गर्न सक्छौँ । यसका लागि पनि नीति ल्याउन आवश्यक छ । अब हामीले कसैलाई दोष दिएर उम्कन सक्ने अवस्थामा छैनौँ । हिजो पो राजनीति अधिकारको लडाइँ थियो । आज समृद्धिको कुरा छ । अधिकार पाएका छौँ । कार्यान्वयन गर्ने ठाउँमा पनि हामी आइपुगेका छौँ । यसका लागि हामीसँग भएका प्राकृतिक स्रोत साधनहरूको सही सदुपयोग गरेर जान सकेमा समृद्धिको सपना साकार हुन्छ । हामीसँग भएको जलस्रोतको सही सदुपयोग गरेर नै समृद्धि हासिल गर्न सक्छौँ । 

अहिले हामी विद्युत भारतबाट खरिद गरिरहेका छौँ । यसको अन्त्य हुनेगरी योजनाहरू ल्याउनुपर्छ । जब हामी विद्युतमा आत्मनिर्भर मात्र होइन निकासी गर्ने अवस्थामा हुन्छौँ, त्यसले आयआर्जन हुन्छ । उद्योगधन्दाहरूलाई चाहिने विद्युत हामीले आफै उत्पादन गरेमा उद्योगधन्दाहरू सधैँ सञ्चालन हन्छन् । कैयौँ वर्ष हाम्रा लोडसेडिङमा मात्र बितेका तीतो अनुभव हामीसँग छ । अब हामीले यो कुराबाट मुक्ति पाउन ठूला हाइड्रो प्रोजेक्टहरू निमार्ण गर्नुपर्छ । 

रोजगारी सिर्जना

रोजगारी सिर्जना गरेर देश समृद्धि बनाउने हो । यसका लागि युवाहरूलाई तालिम दिएर भए पनि रोजगारी सिर्जना गर्ने हो । लगानीका लागि सरकारले नीतिनियम ल्याउनुपर्छ । युवाहरूलाई र लगानी कर्ताहरूलाई उत्पादनमूलक उद्योगमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । 

शिक्षा

शिक्षा पनि अब उत्पादनमूलक हुनु आवश्यक छ ।  अबको शिक्षा व्यावहारिक हुन आवश्यक छ । दक्ष जनशक्ति उत्पादन हुनु आवश्यक छ । बेरोजगारी जन्माउने होइन, रोजगारी सिर्जना गर्ने शिक्षा हुनु पर्छ । हामीलाई चाहिने आवश्यक जनशक्ति कति हो, कसरी कुन लक्ष्यका साथ त्यो हासिल हुन्छ भनेर अहिले नै तर्जुमा गर्नुपर्छ । स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रलगायतका क्षेत्रमा कति कुन मेनपावर चाहिन्छ भनेर योजना बनाएर त्यो किसमले जनशक्ति उत्पादन गर्नुपर्छ । यसले समृद्धिमा पुग्न झन् सहज हुने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप