शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बिग बसले मेरो यौनिकतालाई गलत तरिकाले देखाइदियो’

शनिबार, २६ जेठ २०७५, १० : ३५
शनिबार, २६ जेठ २०७५

टेलिभिजन नायिका आश्का गोराडियाले ‘बिग बस’ ले उनको यौनिकतालाई एडिटिङ गरेर गलत तरिकाले देखाइदिएको आरोप लगाएकी छिन् ।

उनले भनिन्, ‘बिग बसमा मेरो यौनिकतालाई गलत तरिकाले देखाइयो । कार्यक्रममा यस्तो तरिकाले इडिटिङ गरियो कि मलाई लेस्बियनझैं प्रस्तुत गरियो । ’

जसका कारण आफू आमाबुवासामू लज्जित हुनुपरेको आश्काले बताइन् ।

उनका अनुसार उनको साथीलाई एलर्जीको समस्या थियो त्यसकारण उनले साथीको शरिरमा बाम लगाइदिएकी थिइन् ।

उनी भन्छिन्, ‘नेशनल टेलिभिजनमा असहज महसुस नहोस् भन्ने सोचेले मैले ब्ल्याङ्केटमुनि हात राखेर बाम लगाइदिएको थिएँ । ’

‘उक्त दृश्यलाई एडिट गरेर अर्कै तरिकाले प्रस्तुत गरियो ।’

‘म कार्यक्रममा नै भएकाले यसबारे थाहा थिएन । जब आमा भेट्न आउनुभयो तब उहाँले बताउनुभयो ।’

कार्यक्रम प्रस्तोता, उनका साथीहरु र मिडियाका केही मानिसहरुले आफ्नो समर्थनमा आएको उनले बताइन् ।

उनका अनुसार अब उनले एक ह्यान्डसम पुरुषसँग विवाह गरिसकेकी छिन् र निकै खुसी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप