बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिल्भर फोइलले बेरिएर, कन्टेनरमा बसेर विदेश जान लागेका थिए यी सात व्यक्ति

शनिबार, २६ जेठ २०७५, ०९ : ३३
शनिबार, २६ जेठ २०७५

विदेश जाने इच्छा धेरैलाई हुन्छ । यसका लागि कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् । यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् ।

स्मरण रहोस्, इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक छ । यस्तोमा थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् ।

इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप जान पनि निकै सजिलो हुन्छ । यद्यपी, कानूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् ।

 त्यसकारण इराकका सात व्यक्ति टर्कीमा प्रवेशका लागि आफूलाई एल्मुनियम फोइलले  पूर्ण रुपमा ढाकेर शिपिंग कन्टेनरभित्र बसे ।

तर उनीहरुको योजना पूर्ण रुपमा असफल भएको छ । डेली मेलका अनुसार टर्कीको इस्तान्बुलको पेन्डिंक पोर्टमा यो लरीको अनुसन्धान गरियो । कन्टेनरको तौल कागजातमा लेखिएको तौलभन्दा धेरै भएपछि अधिकारीलाई शंका लाग्यो जसका कारण कन्टेनर खोलेर अनुसन्धान गरियो ।

कन्टेनर खोल्दा यी इराकी सिल्भर फोइलले बेरिएको अवस्थामा भेटिए । लरी ड्राइभरसहित सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप