तेस्रो हिमालयन ट्राभल मार्ट आगामी वर्षको जुन ७ देखि ९मा गर्ने घोषणा
काठमाडौं । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । यहि जुन ३ मा काठमाण्डौको पार्क भिलेज होटलमा आयोजित दोस्रो हिमालयन ट्राभल मार्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले मार्टको आगामी संंस्करणको मिति धोषणा गरे ।
नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको हिमालयन ट्राभल मार्ट जस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने कुरामा उनको जोड थियो । सोहि कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरीष्ठ निर्देशक नन्दनी लाहे थापाले मार्टमा समापन भएका सम्पूर्ण गतिविधिहरु बारे प्रकाश पार्दै सहयोगी सबै ब्यक्ति एवम् संघ–संस्थाहरुलाई धन्यवाद ब्यक्त गरिन् ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट २०१८ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पाएको भन्दै मार्टलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिए । देशकै प्रथम तथा एक मात्र अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बनेको छ ।
नेपाल, भारत, पाकिस्थान, चाईना (तिब्वत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्तेताहरु तथा युरोप, अमेरीका (उत्तर–दक्षिण), अष्टे«लिया, न्यूजिल्याड, एसिया सि. आई. एस. राष्ट्रहरु एशिया र अरब राष्ट्रका विक्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरीएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण