हतियार उठाउने शिबसेनाको चेतावनी
काठमाडौं– नेपाललाई पुन हिन्दूराष्ट्र बनाउन शिवसैनीकहरुले आफ्नो रगतको खोला बगाउन परेपनि पछि नहटने चेतावनी दिएको छ । भारतको मुम्बईमा हालै भएको नेपाली शिवसेनाको भेलामा शिवसेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न नडराउने बताएका हुन् ।
अध्यक्ष बस्नेतले भेलामा वितरण गरेको वक्तव्यमा ‘मातृभुमिको रक्षार्थ सबै नेपालीहरु अब एक हुनुपर्छ’ भनिएको छ ।
न्युमुम्बई स्थित पनवेलमा शिवसेना नेपालले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना सैनिकहरुलाई प्रशिक्षण समेत दिएको थियो ।
कार्यक्रममा अध्यक्ष बस्नेतले आफुहरु नेपाल आमाको सन्तान भएकाले आफ्नो आमा र धर्मको रक्षार्थ हतियार उठाएर मार्न र मर्न समेत अब सवै नेपालीहरु तयार रहुनुपर्ने बताए । उनले नेपालीहरुको जन्मसिद्ध पहिचानलाई मेटाउन खोज्ने धर्मका दलालहरुलाई छानि–छानी कारवाही गर्ने चेतावनी पनि दिए । उनले त्यसका लागि शिवसेना नेपाल २४ घन्टा खटिने छ बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु