शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेची महाकाली ट्यालेन्ट’ शनिबार अडिसन

शुक्रबार, २५ जेठ २०७५, १४ : ०३
शुक्रबार, २५ जेठ २०७५

काठमाडौं –उपत्यका बाँहिरको ६ शहरमा अडिसन गरेको ‘मेची महाकाली ट्यालेन्ट’को भोली शनिबार काठमाडौं अडिसन हुने भएको छ । बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानको अडिसन पछि काठमाडौमा हुन लागेको हो । मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा शनिबार बिहान १० बजेबाट अडिसन आयोजना गरिएको छ । 

विभिन्न फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकले जानकारी दिएको छ । 

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगीताको जर्जको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप