बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ड्याडीले लभलेटर भेटेपछि बबाल भो– अभिनेत्री  आश्मा गिरी

शुक्रबार, २५ जेठ २०७५, १३ : ५९
शुक्रबार, २५ जेठ २०७५

काठमाडौँ– केही दिनयता नव–नायिका आश्मा गिरीको चर्चा चुलिँदो छ । उनको डेब्यु चलचित्र ‘ड्रिम गर्ल’ले विभिन्न प्रचार सामग्री सार्वजनिक गरेलगत्तै उनको चर्चा चुलिन थालेको हो । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको एक गीतसमेत सार्वजनिक ग-यो । रातो कलरको सेक्सी देखिने गाउनमा कार्यक्रममा सहभागी उनको सौन्दर्यतिर अधिकांश फोटो पत्रकारको क्यामेरा तेर्सिएका थिए । एक वेभ सिरिज, केही म्युजिक भिडियो र करिब आधादर्जन व्यावसायिक विज्ञापन अभिनय अनुभवसहित चलचित्र यात्रा थालेकी उनी अभिनयमार्फत आम युवाको  ढुकढुकी र सपनाकी सुन्दरी बन्ने दौडमा छिन् । ‘ड्रिम गर्ल’ प्रदर्शनपछि सबैले आफूलाई यही परिचयले बोलाउने आस उनको छ । काठमाडौँ वानेश्वरकी रैथाने उनी स्कुटीमा सवार गर्न रुचाउँछिन् । अर्जुन पोखरेल, सुगम पोखरेल, अन्जु पन्त जस्ता गायक गायिका मन पराउने उनको  घुमघाममा शोख राख्दछिन् । करियर बनाउने चिन्ता मनभरी छ उनको । पत्याउनुस् वा नपत्याउनुस् अहिलेसम्म प्रेम छैन आश्माले भन्ने शब्द हुन् यी । यिनै अभिनेत्री आश्मासँग रातोपाटीको दस प्रश्न ।

‘ड्रिम गर्ल’ बन्ने अवसर कसरी मिल्यो ?
–नृत्य निर्देशक गम्भीर विष्ट सरको डान्स ट्रेनिङ सेन्टरमा नृत्य सिकिरहेकी थिएँ । सोही क्रममा गम्भीर सरले चलचित्रको कुरो ल्याउनुभयो । यो समय अन्य केही चलचित्रको पनि कुरो आएको थियो । तर मैले ‘ड्रिम गर्ल’ युनिटसँग भेटेर चलचित्रको स्क्रिप्ट हेरेँ । राम्रो लाग्यो, युनिटसँग पनि मन मिल्यो । अनि काम गरेँ ।
 

अभिनय अनुभव कस्तो रह्यो ?
– चलचित्र पहिलो भए पनि अभिनय मेरा लागि नौलो थिएन । किनभने यसअगाडि म्युजिक भिडियो, व्यावसायिक विज्ञापन र छोटो चलचित्रमा काम गरिसकेकी थिएँ । हल्का डर भने लाग्यो । ठूलो पर्दामा पाइला बढाउँदा के होला ? कस्तो होला भन्ने । दर्शकले माया गर्दिनुहुन्छ । मन पराउनुहुन्छ भन्ने लागेको छ । पहिलो चलचित्र हो, पर्फेट गर्न सकेकी छुइनँ होला । जति गरेकी छु, राम्रो गरेकी छु भन्ने लागेको छ ।


 

सौन्दर्यतिर त विशेष लगाव होला नि हैन ?
– राम्रो बनेर हिँड्न कसलाई मन पर्दैन र ? त्यसैले आफ्नो सौन्दर्यमा त ध्यान दिनुपर्छ नै । यसका लागि मैले देवीका श्रेष्ठ भन्ने सौन्दर्यविदसँग स्क्रिन चेकअप गराएर उपयुक्त मेकअपका सामानहरू प्रयोग गरिरहेकी छु । अन्य मेकअपको सामान सनब्लक, गाजल, हाइलाइटर र लिपस्टिक पनि प्रयोग गर्दछु । यी अनिवार्य रहेका छन् ।

फिट्नेस गर्नुहुन्छ ?
– म निकै फुडी छु । त्यसैले मेरो शरीरको सन्तुलन तलमाथि भइरहन्छ । त्यसैले फिट्नेसका लागि जिम जाने, जुम्बा, योगा गर्ने गर्दछु । यसले मलाई फिट राख्ने गरेको छ । आफूलाई मन परेको रुचि लागेको खान्छु । फिट्नेस गर्न भनेर मन मार्दिनँ । नियमित डान्स पनि गर्छु । यसले पनि ब्यालेन्स गरिरहेको जस्तो लाग्छ । 

फेसनतिर त रुचि होला नि ?
– विशेष कार्यक्रमबाहेक अन्य समय सिम्पल फेसन मनपर्छ । कुर्तासुरुवाल लगाउन मनपर्छ । टिसर्ट पाइन्टतिर पनि रुचि छ । यो पहिरनमा स्कुटीमा हिँड्न सजिलो लाग्छ । मेरो मनपर्ने र लक्की कलर रातो हो ।  रातो कलरको गाउन, वान पिस र सारीमा म राम्रो देखिन्छु ।

कस्ती केटी ?
–अलिकति छुच्ची, मनमा कुरा लुकाउन नजान्ने फ््रयाङ्क पनि छु । छिट्टै अरूसँग घुलमिल हुन सक्दिनँ । केही समय लाग्छ । मनमा पाप छैन । धेरै पनि बोल्छु ।

फुर्सदको समय ?
– गीत गाउन मनपर्छ । गीत सङ्गीत सुन्छु । चलचित्र हेर्छु । साथीहरूसँग पनि घुम्न रुचाउँछु ।

अभिनय किन रोजेको ?
म आफैलाई पनि थाहा छैन । अभिनय लाइनका परिवारमा पनि कोही छैन । मैले एकाएक मोडलिङको अवसर पाएँ । त्यसपछि भिडियो अफर पनि आयो । छोटो चलचित्रसमेत गरँे । गर्दागर्दै चलचित्र अभिनयतिर पनि पाइला बढ्यो । अहिले सफल हिरोइन बन्ने लक्ष्य छ ।

प्रेम त पक्कै परेको होला ?
– छैन, छैन । अहिलेसम्म सिङ्गल नै हो । अहिले आफ्नो करियर बनाउन फोकस छु । मेरो साथीहरू थोरै छन् । ती सबैसँग प्रेम छ । सबै प्यारो लाग्छन् । उनीहरूले मेरो दुःख सुन्छन् । सहानुभूति दिन्छन् । मेरो अब्ठ्यारोमा फ्यामिलीलाई बुझाइदिन्छन् । प्रेमका अफर नआउने होइन, आउँछन् । त्यतातिर ध्यान दिने गरेकी छैन । पहिलो प्रेमपत्र पाउँदा म ४ कक्षामा पढ्दा आफूभन्दा दुई ब्याज सिनियर एक केटाले दिएका थिए । त्यतिबेला मसँग मिल्ने तीनजान साथीहरू थिए । उनीहरूसँगै पत्र पढेर हाँस्दै जियोमेट्री बक्समा राखेको थिए । सो समय ड्याडीलाई कलम आवश्यकता परेछ । जियोमेट्री बक्समा कलम खोज्दा लेटर पनि भेट्नु भएछ । त्यसपछि घरमा बबाल भयो । म सानैदेखि ड्याडीसँग डराउँथे । यो घटनामा ड्याडी र ममी दुवैले मलाई निकै गाली गर्नुभयो ?

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
–बलिउड अभिनेता टाइगर श्राप निकै मनपर्छ । अवसर मिले उनीसँगै नेपालमा डेट गर्ने इच्छा छ । यो डेटमा म उनलाई नेपाल घुमाउँछु । पशुपति, वसन्तपुरलगायत धार्मिक र ऐतिहासिक स्थलको भ्रमण गराइदिन्छु । 

तस्बिर : गिरीकै फेसबुकबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप