कपिल शर्मा के साँच्चै सुध्रिए ? दुई महिना हराएपछि भने, ‘जीवनशैली परिवर्तन गर्ने कोसिसमा छु’
भारतीय हास्यकलाकार कपिल शर्माको विवादसँग राम्रै नाता छ । ‘फ्यामिली टाइम विद कपिल शर्मा’ कार्यक्रम लञ्च भएलगत्तै उनी पुनः ब्रेकमा जानुपर्यो । उनी करिब दुई महिनादेखि टिभीबाट गायब छन् । यसका साथै उनी सोसल मिडियाबाट पनि लगभग गायबजस्तै भइसकेका थिए ।
बिहिबार राती उनी ट्वीटरमा फर्किए र आफ्ना प्रशंसकलाई उनीहरुको हालखबर सोधे । कपिलले अब आफ्नो जीवनशैली परिवर्तन गरिरहेको पनि जानकारी दिए ।
कपिललाई धेरै समयपछि ट्वीटरमा देख्दा उनका प्रशंसक खुसी देखिन्थे । यद्यपी, कपिल एक कारणसहित ट्वीटरमा फिर्ता भएका हुन् । आफ्ना साथी ज्यूस र रंधावाको नयाँ गीत प्रोमोट गर्ने क्रममा प्रशंसकलाई उनीहरुको हालखबर पनि सोधेका हुन् । ट्वीटरमा गरिएको कुराकानीबाट उनी चाँडै नै सानो पर्दामा देखिने सम्भावना देखिन्छ । उनले आफू चाँडै नै सानो पर्दामा फिर्ता हुने बताएका छन् तर अहिले यात्रा गरिरहेको जानकारी दिएका छन् ।
Hello friends .. hope all well .. let’s have a chat tonight by 11 pm .. till then listen this Punjabi dance number by my friends @drzeusworld @ZoraWorldwide https://t.co/R0JhG2paOt
— KAPIL (@KapilSharmaK9) June 7, 2018
Wow thank for coming online paaji after two months..... Bas khusi baya nhi kr skte😍😍😍
— ओनली गौतम™🇮🇳 (@Only_gautam) June 7, 2018
Hello friends .. hope all well .. let’s have a chat tonight by 11 pm .. till then listen this Punjabi dance number by my friends @drzeusworld @ZoraWorldwide https://t.co/R0JhG2paOt
— KAPIL (@KapilSharmaK9) June 7, 2018
Get well soon and come back...
— Abhishek mehta(ABHI) (@imAbhishek9596) June 8, 2018
Show k baad se mne tv dekhna hi band kr dia hai....hope u will be fine.
Please like my comment.@KapilSharmaK9
@KapilSharmaK9 papa pooch rhe h DP kab change karoge?😍#AskKapil
— Gαяιмα 🙈🙊🙉 (@KAPricorn_Gari) June 7, 2018
कपिलले आफ्नो साथीको नयाँ म्यूजिक भिडियो ‘ठा ठा’ को लिंक सेयर गर्दै लेखे, ‘हलो साथीहरु, सबै राम्रै चलेको होला । आज राती ११ बजे च्याट गरौं । त्यतिबेलासम्म मेरो साथीको पंजाबी डान्स नम्बर सुन्नुहोला । ’
राती करिब साढे ११ बजे उनले सबैलाई गुडनाइट विश गरेर आफू जीवनशैली परिवर्तन गर्ने कोसिसमा रहेको बताए ।
Chalo now good night .. trying to change my life style 🙈.. god bless all .. love u
— KAPIL (@KapilSharmaK9) June 7, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण