शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यस्ता ‘किंग’ जसका थिए तीन खुट्टा, चार पैताला र दुई यौनाङ्ग

शुक्रबार, २५ जेठ २०७५, ०९ : २७
शुक्रबार, २५ जेठ २०७५

सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए.लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए ।

लेन्टिनी आफ्नो जुम्ल्याहाको अंगसहित जन्मिएका थिए जुन उनको कम्मरमुनिको भागमा जोडिएको थियो । उनको दुई खुट्टा यथास्थानमा थिए तर उनको दायाँ भागको कम्मरबाट अर्को फूल साइज खुट्टा निस्किएको थियो । त्यही खुट्टाको घुँडा नजिकै अर्को सानो खुट्टा जोडिएको थियो ।

लेन्टिनी आठ वर्षको हुँदा उनको परिवार अमेरिका सर्यो । पछि उनले ‘द ग्रेट लेन्टिनी’ को रुपमा सर्कसमा ‘साइड शो बिजनेस’ मा प्रवेश गरे । उनले ३० वर्षको उमेरमा अमेरिकी नागरिकता पाए । ४० वर्षे आफ्नो सर्कस करियरमा उनले थुप्रै चर्चा बटुले । लेन्टिनीलाई उनका साथीहरुले यति सम्मान गर्दथे कि उनलाई ‘द किंग’ भन्ने गर्दथे ।

युवावस्थामा लेन्टिनीले आफ्ना तेस्रो खुट्टालाई सर्कसमा फुटबल हान्न प्रयोग गर्दथे । त्यसकारण उनको शोको नाम ‘तीनखुट्टे फुटबल खेलाडी’ राखिएको थियो । लेन्टिनी ६ वर्षको हुँदासम्म उनका दुई खुट्टाको लम्बाई फरक भइसकेका थिए । एउटाको लम्बाई ३९ इन्च थियो भने अर्कोको ३८ इन्च तर तेस्रो खुट्टाको लम्बाई भने ३६ इन्च थियो । अर्को सानो खुट्टाभने तेस्रो खुट्टाको घुँडासँगै झुण्डिएको थियो, जुन सानो थियो ।

युवावस्थामा उनको तेस्रो खुट्टा अन्य दुई खुट्टाभन्दा साना भए । उनले सन् १९०७ मा आफूभन्दा तीन वर्ष कान्छी थेरेसा मुर्रेसँग विवाह गरे । उनीहरुका तीन सन्तान भए ।

जब लेन्टिनीको र थेरेसाको सन् १९३५ मा सम्बन्धविच्छेद भयो तब उनले हेलेन सुपेसँग नयाँ जीवनको सुरुवात गरे ।

लेन्टिीनीको सन् १९६६ को सेप्टेम्बर २१ मा ७७ वर्षको उमेरमा फोक्सोमा समस्याका कारण मृत्यु भयो ।

      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप