शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्पको टाउको काटियो, फ्याँक्न जाँदा डस्यो

शुक्रबार, २५ जेठ २०७५, ०८ : २३
शुक्रबार, २५ जेठ २०७५

बीबीसी

अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ ।

सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको २६ डोज दिनुपर्यो ।

जेनिफर सटक्लिफले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार उनका श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे ।

अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए । जब उनी मरेको सर्पलाई फ्याँक्न गइरहेका थिए तब सर्पको काटेको टाउकोले उनलाई डस्यो ।

सर्प मरेको थुप्रै घण्टासम्म पनि त्यसको टाउको जिउँदो रहन सक्छ र यसले डस्न सक्छ ।

जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमानको शरिरमा विष फैलिएको बताइन् । त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित उनको घरबाट विमानमा राखेर अस्पताल पुर्याइयो ।

अब खतरामुक्तः

एक हप्ता अस्पतालबाट बसेपछि अब उनी खतरामुक्त छन् । यद्यपी, उनको मृगौलामा थोरै समस्या छ ।

युनिभर्सिटी अफ एरिजोनामा डाक्टर लेस्ली बोयरका अनुसार सर्पलाई मार्ने विशेषगरी त्यसको टाउको काट्नु सही होइन ।

उनी भन्छिन्, ‘सर्पलाई काट्नु क्रुरता हो । साथै, यो तपाईंका लागि पनि खतरनाक हुनसक्छ  किनभने जब तपाईं सर्पलाई काटेपटि त्यसको टुक्रा उठाउनुहुन्छ, तब तपाईं त्यसको विषको सम्पर्कमा आउन सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप