शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीलाई हराउँदै नेपाल पुलिस फाइनलमा

बिहीबार, २४ जेठ २०७५, १९ : ३३
बिहीबार, २४ जेठ २०७५

नुवाकोट । यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब कास्की–११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । 

बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा पेनाल्टीमा पुलिस क्लब ३–२ गोल अन्तरले कास्कीलाई हराएर फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे । 

कास्कीका तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरेपछि खेलको विजेता पुलिस क्बल भएको हो । पुलिसका तर्फबाट अजित भण्डारी र भोला सिलवालले पेनाल्टी खेर फाले भने कास्कीका तर्फबाट विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको पेनाल्टी खेर गयो । 

शनिबार हुने प्रतियोगिताको फाइनल खेलमा आजको विजेता पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुने आयोजक नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकारले जानकारी दिए । 

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप