शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल जोडी बाँध्न आतुर छुइनँ : ऋचा शर्मा (भिडियो–अन्तर्वार्ता)

बिहीबार, २४ जेठ २०७५, १७ : १३
बिहीबार, २४ जेठ २०७५

काठमाडौँ– अब्बल अभिनेत्रीका रूपमा चिनिन्छिन् ऋचा शर्मा । पछिल्लो समय सफल निर्माता बन्ने दौड उनले थालेकी छन् । ‘आधा लभ’बाट सुरु भएको यो दौड अहिले ‘सुनकेसरी’सम्म आइपुगेको छ ।

‘सुनकेसरी’ उनको निर्माण रहेको पछिल्लो चलचित्र हो । गत ११ बाट प्रदर्शनमा आएको चलचित्रले राम्रो व्यवसाय गरेको उनको दाबी छ । त्यसैले त उनले अघिल्लो साता राजधानीमा एक कार्यक्रमका बीच एक करोड क्रस ग-यो भन्दै केक काटेर खुसी साटिन् । 

‘सुनकेसरी’ हरर जनरामा निर्माण भएको थियो । चलचित्र प्रदर्शन अगाडि नै उनले यसको सिक्वेलसमेत घोषणा गरेकी थिइन् । चलचित्रको कथा बीचमा छोडिएकाले सिक्वेल निर्माण अनिवार्य रहेको उनको भनाइ थियो ।

पछिल्लो समय सेक्स केन्द्रित थुप्रै चलचित्र बनेका छन् । उनले भने जोकेहीले आँट गर्न नसक्ने हरर जनरा किन रोजिन् ? ‘म जहिले पनि फरक काम गर्न रुचाउँछु’ उनले भनिन् ।

अभिनेत्रीहरू निर्माता बन्ने लर्को छ, अहिले । त्यो लर्काेमा उभिन उनले चलचित्र निर्माण गरेकी होइनन् । केही फरक गरेर देखाउन र देशको चलचित्र विदेशमा पु¥याउन निर्माता बनेको उनले सुनाइन् ।

‘फस्ट लभ’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी ऋचाका लुट, को आफ्नो, टलकजङ्ग भर्सेस टुल्के लगायत धेरै चलचित्रमा अभिनय रहेको थियो । केही पहिले केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा पनि उनी देखिएकी थिइन् । जसमा विवादित मोडल तिर्सना बुढाथोकीको हाउभाउ उनले प्रस्तुत गर्दा धेरैले चर्चाको विषयसमेत बनाए ।
‘सुनकेसरी’ प्रदर्शनमा आएको केही दिनमा ऋचा रातोपाटी स्टुडियोमा पनि चलचित्र प्रचारका लागि आइपुगेकी थिइन् । करिब आधा घण्टा रातोपाटीको प्रत्यक्ष प्रसारमा जोडिएकी ऋचाले ‘सुनकेसरी’ र आफ्नो जीवनको केही पाटासमेत खोलिन् । 

कमजोर मेकिङका कारण नेपालमा निर्माण भएका प्रायः हरर फिल्म बक्सअफिसमा असफल हुँदै आएको विगत कुराकानीका क्रममा हामीले उनीसामु राखेका थियाँै । उनले भने आफ्नो चलचित्र निकै नै राम्रो बनेको र दर्शकका लागि पनि नयाँ स्वाद दिनेमा आफू ढुक्क रहेको दाबी गरेकी थिइन् । तर प्रदर्शले भने सो अपेक्षा पूरा गर्न सकेन ।

‘सुनकेसरी’को बजेट ऋचाले करिब २ करोड बताएकी थिइन् । नेपालबाट यो लगानी उठ्छ त ? ‘भन्न सकिन्न । देशका विभिन्न ठाउँको प्रदर्शन तारतम्य मिलेकोले लगानी सुरक्षित भने हुनेछ’ उनको उत्तर थियो ।

अर्पण थापाको निर्देशन रहेको यो चलचित्रमा उनको अलवा भीम न्यौपाने, रवीन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरूको अभिनय रहेको थियो । अस्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा उनले यो चलचित्र निर्माण गरेकी थिइन् । अस्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको गतिविधि चलचित्रको कथा थियो ।

रिल लाइफमा धेरै हिरोको जोडी बनेकी ऋचालाई रियल लाइफको जोडीसँग कहिले देख्न सकिन्छ ? हाम्रो उनलाई प्रश्न पनि थियो । विवाह आफूले चाहेर नहुने जुर्नुपर्ने उनले बताइन् । भनिन्, ‘रियल जोडी बाँध्न आतुर छैन । जहिले जुर्छ त्यहीले बाँधिन्छु ।’ 
अभिनेत्री ऋचासँग गरिएको थप कुराकानी भिडियोमा  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप