बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हजारबाट व्यवसाय सुरु गरेकी लक्ष्मीको कारोबार लाखौँ

बिहीबार, २४ जेठ २०७५, ११ : ५६
बिहीबार, २४ जेठ २०७५

गुल्मी– १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली बसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधिमा ५० लाखभन्दा बढी कमाइसकेकी छन् ।

अहिले उनको चिया पसल होटलमा परिणत भई मासिक लाखौँ कारोवार गर्ने भएको छ ।

 ‘२०६५ सालमा जम्मा दुई हजारबाट चिया पसल सुरु गरेकी हुँ’–पन्थले भनिन्– ‘अहिलेसम्मको कमाईले हाल ४० लाख पर्ने बुटवलमा एउटा घडेरी र हालै अर्को घडेरी किनेकी छु ।’

उनले विभिन्न वचत समुहसँग आवद्ध भई ऋण लगानी गरी दिएकोले आफु यो स्थानसम्म आई पुगेको बताइन् । पछिल्लो चरण २०७२ सालदेखि स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आवश्यक मात्रामा ऋण दिएको र त्यसबाटै ब्यवसाय बढाउदै लगेर वुटवलमा दुईवटा घडेरी किन्न सफल भएको उनले सुनाइन् ।

श्रीमान, दुई छोराछोरीसहित होटल सञ्चालन गरेकी पन्थले दुवै छोरा छोरीलाई पसलकै कमाइबाट उच्च शिक्षा अध्ययन गराएकी छन् ।

‘कुनै  दिन समूहको ऋण तिर्न नसकेर थाल खाउँ की भात खाउँ समेत भइयो,’ उनले विगतलाई स्मरण गर्दै भनिन् ‘अहिले बैंक ब्यालेन्स र अन्य सवै कुरा राम्रै छ ।’

सुनसरी–८ ईटहरीमा प्रधान कार्यालय रहेको सो संस्थाले गुल्मीमा दिगाम शाखा स्थापना गरेपछि हालसम्म छत्रकोट   र रुरु गाउँपालिका भित्रका पन्थ जस्ता ६० जना महिलालाई, कृषि, पशुपालन र अन्य ब्यवसायमा  समूह गठन गरेर मासिक वचत र  ऋण लगानी गर्न थालेपछि महिलाहरुलाई आत्मानिर्भर बनाएको हो ।

रुरु गाउँपालिका वलेटक्सार पानी ट्याङकी निवासी मिना नेपालीका श्रीमान अमर नेपालीलाई दलालले रसियामा राम्रो रोजगार मिलाइदिने भन्दै पठायो । तर, नेपालीले भनेजस्तो काम नपाएर दुई महिनामै त्यहाँबाट फर्किनुप¥यो । 

त्यसबाट ८ लाख ऋणको भारीले पिल्सिएकी उनले सोही संस्थाबाट ऋण लगानी पाएपछि पसल सञ्चालन गरिन् र श्रीमानलाई वंगुर पालनमा लगाइन् ।
२०७१ सालदेखि हालसम्म उनीहरुले त्यो आठ लाख ऋण तिरीसकेर व्यवसाय उक्साउँदै लगेका छन् ।

महिलाहरु पनि व्यवसायमा सफल भएको देखेपछि आफु पनि छोरा छोरीको भविश्यका लागि  छत्रकोट–४ की कमला अर्याल  पनि हालै त्यस संस्थामा सहभागी भएको बताइन् ।

छत्रकोट १ हुँगाकी टोपला सारुले अहिले  त्यस संस्थामा आबद्ध महिलाहरु आफैले घर चलाउन सक्ने अवस्थामा पुगेको बताइन् । संस्थाले दिगाम शाखामा बुधवार गरेको गोष्ठीमा सहभागी सवै महिलाहरुले आफुहरु  कृषि, पशुपालन र विभिन्न ब्यवसायबाट आत्मनिर्भर भइसकेको बताए । 

कार्यक्रमको अध्यक्षता गरेकी छत्रकोट ४ की राधिका कँडेलले आर्थिक रुपले मात्र आफुहरु अगाडी नभएर चेतनाको दृष्टिले समेत अगाडी रहेको बताईन् ।

सो शाखा प्रमुख हेमराज अवस्थीले आफु सुरुमा आउदा यहाँका महिलाको अवस्था र अहिलेकोमा धेरै अन्तर भएको बताए । सो संस्थाका केन्द्रीय प्रतिनिधी दिपक काउचाले देशका ४७ जिल्लामा शाखा स्थापना भई यस्ता कार्यहरुको भई रहेको बताए । 

उनले गुल्मीको दिगाम शाखामा  मात्र दुई करोड भन्दा बढि ऋण लगानी भई सकेको र महिलाहरुले हाल सम्म ७३ लाख बचत गरी सकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप