बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटनामा तीनको मृत्यु, ५ घाइते

बिहीबार, २४ जेठ २०७५, १० : ५८
बिहीबार, २४ जेठ २०७५

बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित एक दम्पतिको मृत्यु भएको छ । 

बुधबार भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं छन् ।

जिपमा ८ यात्रु सवार रहेका थिए । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप