शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरा नभएपछि २५ वर्षको उमेरमै चार सन्तान जन्माउन बाध्य

बिहीबार, २४ जेठ २०७५, १० : ४३
बिहीबार, २४ जेठ २०७५

झापा । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छिन् । 

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उनी उमेर नहुँदै आमा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुन् । 

सीता त उदाहरण मात्रै हुन् । उनको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताइन् । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उनले भनिन्, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।” 

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप