शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, २४ जेठ २०७५, ०६ : ३२
बिहीबार, २४ जेठ २०७५

आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ २४ गते । बिहिबार । ईश्वी सन् २०१८ जुन ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी ७ घडी ३५ पलाा,बिहान ८ बजेर १२ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाभाद्रपदा ३३ घडी ३ पला,बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग प्रिति ३७ घडि १७ पला,बेलुकी ८ बजेर ४ मिनेट उप्रान्त आयूष्मान । करण कौलव,बिहान ८ बजेर १२ मिनेट उप्रान्त तैतिल,बेलुकी ८ बजेर ३१ मिनेट उप्रान्त गर । 

आनन्दादिमा मुदगर योग । चन्द्रराशि कुम्भ,दिउसो १२ बजेर ४ मिनेट उप्रान्त मिन ।  पञ्चक । काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २७ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । साझपख बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।

शुभ अंक — १

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) लगानि फस्टाएरु जाने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । साझपखको समय मध्ययम रहेकोले दाजुभाई तथा आफन्त सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — २

शुभ रंग —  निलो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ । मध्यान्हपछिको समय राम्रो रहेकोले राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ भने दैनिकी प्रभावित हुँनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । मध्यान्हपछिको समय राम्रो रहेकोले नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग — कफि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । साझपखको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला । पुराना समस्या बल्झनाले थप जटिलता उत्पन्न हुनेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दिा आउँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । आर्थिक अवस्था सुधार्न गरिएका प्रयासहरु सफल रुपमा सम्पादन हुदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको प्रशस्त सम्भावना रहेकोछ । भौतिक साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिन जुनसुकै व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पन्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख आफन्त सँग सामान्य मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

शुभ  अंक — ६

शुभ रंग — पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न अवसर आएपनि समयको गतिसँग अगाडि बढन् नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुँने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना नहोला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफ्नै भन्नेहरुसँग मनमुटाब बढ्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आम्दानिका स्रोतहरु जुट्नुको साथै भावि दिनहरुमा आम्दानि भईरहने व्यापार व्यावसाय शुरु गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै बिशिष्ट मानिसहरुलाई प्रभावित गर्न सकिनेछ ।

शुभ अंक — २

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर भएको महशुष हुँनेछ । कामहरु बिग्रनेछन् भने मान सम्मानमा आघात पुग्नेछ । मध्यान्हबाट नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ ।

शुभ अंक — ४

शुभ रंग — सुन्तला

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप