बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी र नेमारको प्रत्येक गोलमा निःशुल्क बाँडिनेछ खाना

बुधबार, २३ जेठ २०७५, १२ : ४१
बुधबार, २३ जेठ २०७५

वर्ल्ड कप फुटबलमा यसपटक लियोनेल मेस्सी र नेमार जुनियरले जतिपटक गोल हान्छन्, एक क्रेडिट कार्ड कम्पनी ‘मास्टरकार्ड’ ले त्यति नै पटक खाँचोमा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउनेछ ।

योजना अनुसार ब्राजिलका नेमार र अर्जेन्टिनाका मेस्सीको हरेक गोलमा संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रममार्फत १० हजार निःशुल्क खाना बाँडिने बताइएको छ । यद्यपी, उक्त योजनामा ब्राजिलका कोच टिटे रुष्ट छन् ।

उनका अनुसार गोल खेलाडीले नभई समूहले गर्छन् । यस्तो प्रकारको आयोजनाले यी दुई खेलाडीमाथि अतिरिक्त दबाब पर्नेछ जुन ठिक होइन । सोसल मिडियामा पनि टिटेले समर्थन पाइरहेका छन् । मास्टरकार्डले उक्त योजनामा फेरबदल गर्न सक्ने अुनमान गरिएको छ ।

यता क्रेडिट कार्ड कम्पनीले भन्यो, ‘हामी चाहन्नौं कि प्रशंसक, खेलाडी वा अन्य कुनै व्यक्तिको ध्यान भोकजस्ता समस्याबाट हटोस् । हाम्रो यो कदम यस्तो समस्याको समाधानका निम्ति हो ।’

टिटेले भने, ‘यो राम्रो योजना हो तर खेलाडीको साटो समूहको गोलमाथि यस्तो पहल गर्नुपर्दथ्यो किनभने हामी समूहको रुपमा खेल्छौं । क्रेडिट कार्ड कम्पनीले आफ्नो योजनामा केही फेरबदल गर्छ गर्दैन भनेर हेर्न बाँकी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप