यी ‘वर्ल्ड कप गर्ल’ को सुन्दरताले पुटिनसमेत लाखौं कायल (फोटोफिचर)
भिक्टोरिया लापरेवालाई फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनिएको छ ।
सन् २००३ की मिस रुस भिक्टोरिया अहिले ‘वर्ल्ड कप गर्ल’ को रुपमा परिचित छिन् ।
भिक्टोरियाले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर बन्नेबित्तिकै रुससमेत थुप्रै देशमा आफ्नो प्रशंसक बनाउन सफल भइसकेकी छिन् ।
सोसल मिडियामा १० लाखभन्दा बडी फलोअर भएकी भिक्टोरियाले आफ्ना फोटोसुट सोसल ह्यान्डलमा राख्ने गर्छिन् ।
भिक्टोरियालाई रुसका राष्ट्रपति पुटिनले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनेका हुन् ।
स्थानीय मिडिया रिपोर्ट अनुसार भिक्टोरियालाई पुटिनले वर्ल्ड कप गर्लको रुपमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार पुटिनले भिक्टोरियालाई फुटबल कार्यक्रम प्रस्तुत गरेको देखेका थिए । भिक्टोरिया पनि राष्ट्रपति पुटिनलाई समर्थन गर्छिन् । रुसमा राष्ट्रपति चुनावको क्रममा भिक्टोरियाले पुटिनलाई भोट दिनका लागि अपिल गरेकी थिइन् ।
भिक्टोरिया स्पोर्टस प्रोजेक्टरका साथै नायिका, मोडल र फेशन ब्लगर पनि हुन् । आफ्नो सुन्दरताले उनले थुप्रै देशमा फुटबल प्रेमीलाई आफ्ना प्रशंसक बनाउन सफल भएकी छिन् ।
वर्ल्ड कपको ब्रान्ड एम्बेसेडर भएपछि उनले सोसल मिडियामा प्रोमोट गर्नुका साथै बच्चा र खेल प्रेमीका लागि रुसका थुप्रै शहरमा प्रदर्शनी म्याच आयोजना गरेकी छिन् । ती खेलमा रुसका चर्चित फुटबल खेलाडी पनि प्रोमोट गर्न पुगेका थिए ।
बिजनेश एडमिनिस्ट्रिेशनकी ग्रेजुएट ३४ वर्षकी भिक्टोरियालाई स्कूलमा पढ्दा पढ्दै मोडलिङका लागि अफर आउन थालेको थियो तर पढाई पूरा गरेपछि सन् १९९८ मा पहिलो पटक उनी मोडलिङको क्षेत्रमा आइन् । त्यसपछि उनले मिस रुसका साथै ‘फेस अफ द इयर’, ‘मोडल अफ डन’ जस्ता मोडलिङका अवार्ड जितिन् ।
वर्ल्ड कपका क्रममा भिक्टोरिया मानिसहरुलाई स्वस्थ जीवनशैलीका लागि जागरुक गराउनेछिन् । यसका साथै भिक्टोरिया सोसल मिडियामा पनि वर्ल्ड कपलाई प्रोमोट गर्नेछिन् ।
सुरुवातदेखि नै भिक्टोरिया इंगलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडकी प्रशंसक हुन् । फुटबलसँग पुरानो सम्बन्धका कारण नै आज उनी फिफा विश्व कप २०१८ की ब्रान्ड एम्बेसेडर बनेको बताइन्छ ।
भिक्टोरियाको मनपर्ने फुटबल खेलाडी नेमार हुन् । यद्यपी, उनी मेस्सी, रोनाल्डो र पोग्बाको समेत तारिफ गर्छिन् ।
उनले रोस्टोव स्टेट युनिभर्सिटीबाट इकोनोमिक्समा ग्रेजुएशन गरेकी हुन् ।
उनले म्याक्सिम, गाला, कस्मोपोलिटनजस्ता म्यागजिनका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।
भिक्टोरियाको विवाह सन् २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग भएको थियो । तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै