शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २३ जेठ २०७५, ०५ : ५०
बुधबार, २३ जेठ २०७५

आजको राशिफल

वि.स.२०७५ साल जेष्ठ २३ गते । बुधबार । ईश्वी सन् २०१८ जुन ०६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी ५ घडी ०६ पलाा,बिहान ७ बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र शतभिषा २९ घडी २३ पला,बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग विष्कुम्भ ३८ घडि ११ पला,बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त प्रिति । करण बव,बिहान ७ बजेर १२ मिनेट उप्रान्त वालव,बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त कौलव । 

 

आनन्दादिमा मानस योग । चन्द्रराशि कुम्भ ।  पञ्चक । अष्टमी व्रत। गोरखकाली पूजा। काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २५ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेकोछ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउँनदै आफ्नै पोल्टोमा नतिजा ल्याउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

शुभ अंक — २

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रा गर्दा ध्यान दिनुहोला लामो दुरिको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुँनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुँनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने सम्भावना रहेकोछ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेकोछ । व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन् । बिद्यामा समय दिए अनुशार राम्रै नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा अबिश्वास सिर्जना भएपनि अन्ततर एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सत्रु तथा प्रतिष्पर्धिहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।  

शुभ अंक — ३

शुभ रंग  — निलो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा भनजस्तो प्रगति नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिक कामहरु प्र्रभावित हुँनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । जीवन साथिको माध्ययले राम्रा काम गर्न सकिनेछ । 

शुभ  अंक — ६

शुभ रंग — पहेलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

शुभ अंक — १

शुभ रंग — निलो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ५

शुभ रंग — हरियो

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । पढाई लेखाईमा मन जाने छैन भने अरु भन्दा कमजोर साबित होईनेछ । व्यावसायबाट भनेजस्तो आम्दानि नहुँने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबिचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुँन सक्छ सचेत रहनुहोला ।

शुभ अंक — ३

शुभ रंग — पहेलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप