स्थानीय तहसँग कसरी अघि बढ्ने अध्ययन गरिरहेका छौँ : टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारी

person access_timeअसार २८, २०७४ chat_bubble_outline0

विसं २०४२ मा नेपाल टेलिकम सेवा प्रवेश गरेकी हाल : टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारी संस्थालाई लिडिङ रोलमा राख्न प्रतिबद्ध बताउँछिन् । गत आर्थिक वर्षमा २३ करोड राजस्व तिरेको नेपाल टेलिकम मोबाइल, फोन सेवा प्रदायक संस्थाहरूमध्येकै ठूलो संस्था हो । उनी खुशी र स्वस्थ देखिन्छिन् । आफू बिरामी भए टेलिकम स्वस्थ राख्न गाह्रो हुने उनको तर्क छ । प्राकृतिक स्रोत सही व्यवस्थापन गर्न सके नेपालाई संसारकै सुन्दर र धनी बनाउन सकिने उनको धारणा छ । अहिले जिम्मेवारी सम्हालिरहेको भूमिकाबाट आफू होइन, संस्थालाई जहिल्यै ‘लिडिङ रोल’मा राख्ने, सम्पूर्ण नेपालीको प्रिय टेलिकम (राष्ट्रको सञ्चार) बनाउने लक्ष्य राखेको उनी बताउँछिन् । 


राजभण्डारी काठमाडौँकै हिमालय विद्या मन्दिरबाट विद्यालय शिक्षा लिँदै पद्मकन्या हाइस्कुल हुँदै अमृत साइन्स कलेजमा पनि अध्ययनका लागि पुगिन् । अध्ययनमा सधैँ अब्बल रहेकी उनी १९८१ मा पन्जाव इनिजनियरिङ कलेजमा ४ वर्षको कोर्स अध्ययन गर्ने मौकासमेत पाइन् । यसरी नै तत्कालीन समय २०४२ मा सात तहमा  तीस जनाको आवेदन मागेकोमा उनले पनि त्यही समय टेलिकमको जागिरे यात्रामा आइपुगेकी बताउँछिन् । 


त्यसको केही वर्षपछि ‘स्कलरिसिप’मा मास्टर्स पूरा गरे, जसले टर्निङ प्वाइन्ट नै ल्याएको उनी बताउँछिन् ।  टेलिकमको मुख्य आयोजना  ‘एक्सेस गेट वे’ त्यस्तै, योजना विभागमा हुँदा ‘आईपी बेस’ प्रविधिमा ल्याउने जस उनैलाई जान्छ । करिब ८ महिनाअघि प्रबन्ध निर्देशक जिम्मेवारी सम्हालेर नयाँ उत्साह र जाँगरका साथ सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा फोरजी जस्तो चौथो जेनेरेसनको प्रविधिको सुरुवातलगायत उल्लेख्य कार्य गर्न सफल देखिएकी प्रबन्ध निर्देशक राजभण्डारीसँग यिनै सेरोफेरोमा रहेर विमल श्रेष्ठले गरेको कुराकानीको सारसङ्क्षेपः

नेपाल टेलिकमको कार्यकारी पदको जिम्मेवारीमा रहेर  विगत आठ महिनाको आफ्नो कामकारवाहीलाई कसरी स्मरण गर्नु हुन्छ ?


वितेको करिब आठ महिनालाई हेर्दा मलाई त ८ दिनको समय जस्तो लागिरहेको छ । यो स्थानमा रहेर कार्य गर्दा समय वितेको पत्तै पाइन पनि । पहाडी लोक मार्गको पूर्वी क्षेत्र पाँचथरदेखि धदिङक र गोरखासम्म ‘अप्टिकल फाइबर’ विस्तार गर्ने योजनाअनुसार पहिलो पटक टेलिकमले यो काम कार्यन्यन गर्न आह्वान पनि गरिसकेको छ । त्यस्तै, ‘स्टाजेजी पार्टनर’को कार्य रोकिएको थियो । त्यो सम्झौतासहित अघि बढिरहेको छ । अब आउने दिनमा कसरी जाने भन्ने कुरामा पनि नयाँ प्लालिङमा छौँ ।  

केही महिनाबाट भूकम्प प्रभावित गाउँपालिकाहरूमा डाटा सेवा दिने काम अघि बढेको छ । त्यसैगरी अन्तराष्ट्रिय रूपमा वैकल्पिक अन्तराष्ट्रिय ब्याण्डवीथ जोड्ने काम अघि बढेको छ । जुन चाइनाबाट सम्झौता भइ काम पनि भइरहेको अवस्था छ । यसरी देशभर जनताको पहुँच सहज सरल र प्रभावकारी बनाउन विभिन्न कार्यहरू भइरहेका  छन् ।  


त्यस्तै, अर्को महत्वपूर्ण काम  भनेको ०६७/६८ देखि रोकिएर रहेका विभिन्न पद, तहका रिजल्टहरू मैले निडरताका साथ रिजल्ट ओपन गरेर पदपूर्तिसमेत गराएँ । त्यस्तै, डेढ वर्षदेखि कर्मचारीहरूको वृत्ति विकास भएको थिएन । त्यसमा पनि दरबन्दी कायम गरेर नियम सङ्गत ढङ्गले विभिन्न पदमा बढुवा गर्ने क्रम जारी छ, कोही पदस्थापन पनि भएको छ ।


यो छोटो अवधिकै कार्य हेर्ने हो भने अर्को ‘रिङब्याक टोन’ पुनः सुरुवात गरेका छौँ । एउटै ‘विलिङ सिस्टम’ प्रविधिमा काम अघि बढेको छ, यसैले अब  विलिङ झन्जट ग्राहकले लिनु पर्दैन । त्यस्तै, अर्को भनेको एकद्वार प्रणालीबाट ‘कस्टमर केयर’ सेवा सुरु गरेका छौँ । यसरी परिवर्तित समयलाई अवलोकन गर्दै प्रतिस्पर्धात्मक बजारमा अग्रणी स्थानमा रहन  विभिन्न विषयहरूमा अघि बढिरहेका छौँ । केही महिनाबाट भूकम्प प्रभावित गाउँपालिकाहरूमा डाटा सेवा दिने काम अघि बढेको छ । त्यसैगरी अन्तराष्ट्रिय रूपमा वैकल्पिक अन्तराष्ट्रिय ब्याण्डवीथ जोड्ने काम अघि बढेको छ । जुन चाइनाबाट सम्झौता भइ काम पनि भइरहेको अवस्था छ । यसरी देशभर जनताको पहुँच सहज सरल र प्रभावकारी बनाउन विभिन्न कार्यहरू भइरहेका  छन् ।  

हिजोको दुनियाँ र आज धेरै फरक छ । प्रतिस्पर्धात्मक बजार अनुसार ग्राहकहरूको ‘निड’लाई बुझेर प्रविधिसँग दौडिनुपर्ने अवस्था छ । सबै ठाउँमा एकै प्रकारको ग्राहक हँुदैनन् माग पनि एकै हुँदैनन् । हामीले आफूलाई पनि विस्तार गर्दै जाने हो । थाहै छ, फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल कसरी अघि बढिरहेको छ । हिजो तस्बिर, स्टाटस हेर्दा हुन्थ्यो अब भिडियो सरर चल्नुपर्दछ ।

मोबाइल सेवा विस्तारमा यहाँका प्राथमिक कार्यहरू के–के हुन सक्छन् ?


सबैभन्दा पहिले त हामीले विभिन्न प्रविधिमा आधारित धेरै सेवा प्रवाह गरिरहेका छौँ । पहिलेदेखि नै पनि बहुआयामिक रूपमा टेलिकमले सेवा प्रवाह गरिरहेको छ । यसैले आज हाम्रा ग्राहक १ करोड ७१ लाख पुगिसकेका छन्  । ग्राहकको सेवा सन्तुष्टिलाई मध्यनजर गरेर अघि बढ्नु नै हाम्रो प्राथमिकताका कार्य हुन सक्छन् । जसको पहिचान गर्दै अघि बढ्छौँ । जस्तै,  अधिकतम क्षेत्रमा डेटा सर्भिसको पहँुच पुर्याउने हाम्रो सोचाइ छ । अर्को कुरा, टेलिकमको भइरहेको गुणस्तरलाई अझै सुधार गर्नमा हाम्रो मुख्य ध्यान केन्द्रित छ । सेवालाई २४सै घण्टा प्रवाह गर्न लागिरहेका छौँ । ‘फाइबर प्रविधि’लाई व्यापक विस्तार गर्ने तथा पुरानोलाई ‘अपग्रेट’ गर्दै अघि लैजाने हो । देशमै पहिलोपटक माघ २२ गते ‘फोर जी’ सेवा सुरु गरेका थियौँ । यसमा पाएको सफलतालाई जोड्दै  काठमाडौँ र पोखरासँगै अब देशका सबै क्षेत्रमा विस्तार गर्ने उद्देश्य छ । 


मुलुकमा चासोका साथ लिइएको पछिल्लो मोबाइल प्रविधि ‘फोर जी’ सेवा विस्तारमा टेन्डरमा ढिलाइ भएको भनिन्छ नि, किन ?


 केही सत्यता हो, किनभने नेपाल टेलिकमका कुनै पनि काम सरकारी संस्थाको नियमानुसार समय सापेक्ष, सार्वजनिक ऐनअुनसार अघि बढ्नुपर्ने अवस्था हुन्छ । यो ‘लङ ट्रम प्लान’ भएकाले गहिरो विश्लेषणसहित जानुपर्ने हुन्छ । सरकारी नियमानुसार यहाँ लामो ‘प्रोसेस’ भएर काम हुने भएकाले सोचेजस्तो कदम चाल्न नसकिएको हो । 

जब ‘थ्री जी’ अपडेट पूरा नहुँदै ‘फोर जी’मा जाँदा टेलिकमको सेवा कसरी प्रभावकारी हुन सक्छ ?


अहिले मार्केट निकै प्रतिस्पर्धात्मक छ । हिजोको दुनियाँ र आज धेरै फरक छ । प्रतिस्पर्धात्मक बजार अनुसार ग्राहकहरूको ‘निड’लाई बुझेर प्रविधिसँग दौडिनुपर्ने अवस्था छ । सबै ठाउँमा एकै प्रकारको ग्राहक हँुदैनन् माग पनि एकै हुँदैनन् । हामीले आफूलाई पनि विस्तार गर्दै जाने हो । थाहै छ, फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल कसरी अघि बढिरहेको छ । हिजो तस्बिर, स्टाटस हेर्दा हुन्थ्यो अब भिडियो सरर चल्नुपर्दछ । मोबाइलमै टिभी चल्नुपर्दछ यसैले आवश्यकता बढ्दै गएको छ । पछिल्ला दिनमा हेर्नुस् विस्तारै सबै डाटा ‘क्लाउड’मा हुनेछ, अहिले जस्तो अवस्थामा डाटा रहँदैन । यसैले समयसापेक्ष यता भइरहेकोमा सुधार गर्दै अगाडि बढ्नुको विकल्प प्रविधिमा हँुदैन । झन् ‘५ जी’ आएको छ । अब ‘थ्री पनि चल्दै गर्छ, ‘फोर जी’को विस्तार पनि हुँदै गर्दछ । 

‘फोर जी’को विस्तारसँगै प्रविधि दुनियाँमा मानिसहरूको जीवनशैलीमा कस्तो परिवर्तन ल्याउन सहयोग पुग्छ ?


फोर जी ‘हाइ स्पिड डाटा सर्भिस’ भएको प्रविधि हो । जसलाई ‘फोर्थ जनेरेसन’ प्रविधि पनि भनिन्छ । विशेषतः ‘भ्वाइस’ पनि दिने मल्टि मिडिया पनि दिने प्रविधि हो । यसले मोबाइलमा ‘लाइभ टिभी’, ‘भिडियो गेमिङ’ ‘सपिङ’ लगायत धेरै कुरा गर्न मिल्ने  भएकाले इन्फरमेसन लिनुमा धरै कदम अगाडि हुनेछ, जसले समाजको आर्थिक ‘इकोनोमी स्टाटस’मै परिवर्तन ल्याउन सहयोग पुग्दछ । सूचनाको पहुँच अधिकतम उपलब्ध हुनेछ । यसले अन्ततः देशको ‘जीडीपी’मै परिवर्तन ल्याई मानिसको जीवनशैलीमा अवश्यै फरक पार्दछ । 

पछिल्ला प्रविधिमा आएका परिवर्तनका कारण कत्तिको चुनौती मोबाइल सेवामा चुनौती के छन् ?


हो, पछिल्ला प्रविधिले चुनौतीहरू दिन्छन् नै । हामीले चुनौतीलाई चिर्दै अघि बढ्नु आवश्यक छ । प्रविधिले ल्याएको कुरामा अपडेट भएर अघि बढ्न सक्नुपर्दछ भन्ने लाग्छ । हिजो फोन टु फोन ‘भ्वाइस टक’ हुन्थ्यो भने, आज ‘भाइबर’ लगायत अन्य माध्यामबाट निःशुल्क कुराकानी हुन्छ, जसले मोबाइलमा भ्वाइस कल कम हुन आउँछ । यसरी स्काइप, भाइबर संसारभर नै चुनौतीको विषय हो । यसैले हामीले अब डाटा बेसमा ध्यान दिनु आवश्यक छ । 

दक्षिण एसियामा नेपालको मोबाइला सेवा कतिको सहज र सर्वसुलभ मानिन्छ ?


त्यस्तो महँगो छैन । दक्षिण एसिया मुलुकका कतिपयमा भन्दा निकै सस्तो दररेटमा यहाँ सेवा उपलब्ध छ ।  ‘कम्प्यारेटिभ्लि’ हेर्ने हो भने यो निकै सस्तो साथै भरपर्दो पनि छ । 

समाज अझै पितृसतात्मक सोचमै छ । यसले कहिलेकाहीँ ‘डोमिनेट’ भएको हो कि भन्ने महसुस हुन्छ । कार्यालय समयभन्दा बाहिर त्यति धेरै समय ‘म्यानेज’ गर्न नसक्दा केही असहज महसुस गर्छु ।


सेवा उपलब्धता तथा गुणस्तरीयताको हिसाबले निजी क्षेत्र अघि–अघि नेपाल टेलिकम पछिपछि दौडिरहेको भनिन्छ नि ? 


त्यस्तो होइन । टेलिकम फोन सञ्चारमा बहुआयामिक ढङ्गले अग्रणी स्थानमा रहेर सेवा प्रवाह गरिरहेको संस्था हो । निजी मोबाइल प्रदायक संस्थाहरूल केही त्यस्ता प्याकेज वा विषयहरू फरक शैलीमा प्रस्तुत गरेका हुन सक्छन् । संस्थागत निर्णय लिन सजिलो, छरितो र छिटो भएकाले सहज भएको हुनसक्छ । हामीले सरकारी नीति नियमका परिधिभित्र रहेर निर्णय गर्नुपर्ने भएकाले पनि केही असहज भएको हुनसक्छ । हामी सरकारप्रति बढी जवाफदेही पनि छौँ । यस्तो लाग्छ, नेपाल टेलिकमलाई अप्ठेरो पार्ने काम पनि भइरहेको हुन सक्छ । तर ठूलो चुनौती भनेको नीति नियम  सार्वजनिक ऐन अलिक सहज नहुनु नै हो ।
 
नेपाल टेलिकमको सय वर्षको इतिहासमा पहिलो पटक ‘महिला प्रबन्ध निर्देशक’को रूपमा यहाँले के महसुस गर्नु भएको छ ? 


कार्य अनुभवको हिसाबले हेर्ने हो भने नेपाल टेलिकमसँगको मेरो सम्बन्ध ३० वर्षअघि देखिको हो । म खुल्ला प्रतिस्पर्धाबाट यस संस्थामा प्रवेश गरेकी हुँ, आरक्षणबाट होइन । प्रतिस्पर्धाबाट छनोट भए आएकामा आफूप्रति गर्व गर्दछु । यहाँ कठिनाइभन्दा आत्मविश्वास बढी छ । मैले योजना, आयोजना लगायत मुख्य क्षेत्रमा सफलतापूर्वक काम गर्न सकेकाले कुनै समस्या अनुभव गरिन । तर, समाज अझै पितृसतात्मक सोचमै छ । यसले कहिलेकाहीँ ‘डोमिनेट’ भएको हो कि भन्ने महसुस हुन्छ । कार्यालय समयभन्दा बाहिर त्यति धेरै समय ‘म्यानेज’ गर्न नसक्दा केही असहज महसुस गर्छु ।


यहाँले ‘टे«ड युनियन’लगायतका कर्मचारीको सहयोग कतिको पाइरहनु भएको छ ?


धेरै सहयोग पाएकी छु । व्यवस्थापक बोर्डका साथीहरू, मन्त्रालय लगायतको सहयोगले गर्दा पनि टेलिकमलाई अघि बढाउन सहज भएको छ । राम्रा राम्रा कुराहरूको सुझाव पाइरहेको छु । हेर्नुस, टेलिकममा पहिलो पटक कार्तिक ३० नै युनियनको निर्वाचन पनि हुँदैछ । यो पनि एउटा सुखद्को विषय हो । 

देशमा सबै निकाय सङ्घीयताको मोडलसहित कार्ययोजनामा अघि बढिरहेका बेला टेलिकमले के गरिहेको छ ?


देश सङ्घीयताको मोडलमा गइरहँदा नेपाल टेलिकमले स्थानीय तहसँग कसरी अघि बढ्ने भनेर हामीले अध्ययन गरिरहेका छौँ । मन्त्रालयबाट सूचना पाएका छौँ । निर्देशन पनि आइसकेको छ, सबै क्षेत्रमा समान ढङ्गले टेलिकमको उपस्थिति हुनेगरी सङ्घीयताको मोडललाई आत्मसाथ गर्न नै कमिटी बनाएर छलफल चलिरहेको छ । त्यसले नै दिशानिर्देश गर्दछ । 


 

विमल श्रेष्ठ

विमल श्रेष्ठ अर्थ क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ