बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाभकर लिने सरकारको निर्णयप्रति असहमति जनाउदै सेयर कारोबार ठप्प

मङ्गलबार, २२ जेठ २०७५, १५ : २७
मङ्गलबार, २२ जेठ २०७५

काठमाडौं– हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका छन् । 

उनीहरुले मंगलबार कार्यालय खुलेदेखि नै नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड कार्यालय घेराउ गरी सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयको विरोधमा कारोबार ठप्प परेका हुन् । 

ब्रोकर कम्पनीमा कारोबार हुने आशंकामा लगानीकर्ताहरुले ब्रोकर कार्यालयमै घेराउ गर्नुपरेको बताएका छन् 

लगानीकर्ताहरुले कार्यालयमा घेराउ गरेपछि आज सेयर कारोबार ठप्प रह्यो ।

यस अघि सेयर लगानीकर्ता संघलगायतका संघ, संस्थाहरुले विज्ञप्ती जारी गर्दै सरकारको सो निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप