कराते महासंघमा सुवेदी र थापा मनोनित
मङ्गलबार, २२ जेठ २०७५, १३ : २१
काठमाडौं–नेपाल फुल–कन्ट्याक्ट कराते महासंघको केन्द्रीय समितिको सदस्य पदमा पदमराज सुवेदीलाई मनोनयन गरिएको छ । यस्तै शार्दूल थापालाई कानूनी सल्लाहकारमा मनोनयन गरिएको महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार सुवेदीलाई महासंघको विधान २०६८ को दफा ३ को उपदफा ४ बमोजिम केन्द्रीय समितिको सदस्य पदमा मंगलबार मनोनयन गरिएको हो । यस्तै थापालाई गत बैशाख ९ गते बसेको बैठकको निर्णय अनुसार मनोनयन गरिएको हो ।
मनोनयनसँगै सुवेदी र थापाले महासंघको उद्देश्यअनुरुप काम गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा