एनआरएनए अमेरिकाका उम्मेदवारबीच बहस हुने
शनिबार, ०६ जेठ २०७४, १४ : ३१
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाविच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम‘एनआरएनए अमेरिका निर्वाचन बहस’ हुने भएको छ ।
नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने सो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले जानकारि दिए । एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्षका लागी वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, र उपाध्यक्षहरु रामसी पोखरेल, रबिना थापा र डिल्ली भट्टराई र गौरिराज जोशीले उम्मेदवारि घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते