शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबकी युवती भारतीय ड्राइभरको प्रेममा: देश छोडिन्, नेपाल हुँदै यसरी पुगिन् भारत

मङ्गलबार, २२ जेठ २०७५, १२ : २९
मङ्गलबार, २२ जेठ २०७५

थुप्रै जोडीहरुले समय समयमा प्रेमको कुनै बन्धन हुँदैन भनी पुष्टि गर्छन् । पछिल्लो पटक साउदी अरबकी एक युवतीको कहानीले यस्तै कुरा वर्णन गर्छ ।

आफ्नो बुवाका नीजि ड्राइभर जब आफ्नो घर भारत फर्किए तब साउदी अरबकी युवतीले बिछोड सहन सकिनन् ।

त्यसकारण २७ वर्षे उनी आफ्नो देशबाट भागिन् । नेपाल आइन्, भारतमा अवैधानिक रुपमा प्रवेश गरिन् र विवाह पनि ।

उनलाई उनको बुवाले फिल्मी तरिकाले पछ्याए, तर उनले प्रेमीलाई भेट्ने र विवाह गर्ने संकल्प छोडिनन् ।

प्रेमी भारत फर्किएको तीन महिनापछि उनले देश छोडिन्ः

भारतको तेलंगनाका ३० वर्षे युवकले ड्राइभिङ काम छोडेर गत फेब्रअरीमा आफ्नो गाउँ फर्किए ।

तर लगत्तै उनकी प्रेमिकाले फोन गरेर बिछोड सहन नसकेको बताइन् । प्रेमीलाई चिन्ता नगर्न र चाँडै नै आफू  भारत आउन लागेको जानकारी दिइन् ।

गत महिना, हप्तौंको योजनापछि उनले आफ्नो घर र देश छोडिन् ।

उनका प्रेमीले कुरिरहेका थिए तर बुवाले पछ्याइरहेका थिएः

उनी नेपाल आइन् र अवैधानिक रुपमा भारत प्रवेश गरिन्, यो सबै एक्लै गरिन् । त्यसपछि उनले दिल्लीको यात्रा तय गरिन् जहाँ उनलाई उनका प्रेमीले कुरिरहेका थिए ।

त्यहाँ पुगेपछि उनीहरुले समय बर्बाद नगरी तेलंगना पुगेर विवाह गरिहाले ।

तर फिल्मको कथाजस्तै, उनको बुवाले छोरीको खोजी कार्य सुरु गरिसकेका थिए । लगत्तै उनका बुवा साउदी अरब दूताबासका अधिकारीसहित हैदराबाद पुगे ।

अपहरणको मुद्दा दर्ता गरियोः

यी दुईको विवाहबारे अनभिज्ञ उनका बुवाले आफ्ना पूर्व ड्राइभरविरुद्ध अपहरणको मुद्दा दता गरे ।  

अनुसन्धानकर्ताले उनलाई निजाम्बाबादसम्म पछ्याए । तर युवतीले पुलिसलाई आफूले विवाह गरिरहेको र भारतमा नै बस्न चाहेको बताइन् ।

यद्यपी, उनले अब भारतको नागरिकता लिनु पर्नेछ । यसका लागि उनले भारत सरकारसँग सम्पर्क गरिसकेको बताइन् । अपहरणको मुद्दा खारेज गरिएको बताइएको छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप