मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

तथ्यसहितका वृहत् योजना पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, २२ जेठ २०७५, ११ : ३३
मङ्गलबार, २२ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यांकसहित वृहत् योजना बनाउन निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकतालाई बुझेर तथ्यसहित विस्तृत कार्ययोजना बनाएर पेश गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
‘झिनामसिना होइन राष्ट्रिय महत्वका बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाउन,त्यसलाई कार्यन्वयन गर्ने कार्य योजना र सम्पन्न हुने समय समयसीमा पनि तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्नुस्’समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
‘कृषिलाई आधुनिकिकरण गर्न के के आवश्यक छ  ? के कति लगानी आवश्यक छ ? कृषिमा आश्रित कति जनसंख्या छ ? उत्पादन उत्पादकत्व वृद्धि गर्न के गर्नुपर्दछ ?’ ओलीले भने,‘यी सबै कुरा तथ्य सहित पेश गर्नुहोस् ।’
प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्नेपनि बताए ।
‘कति वटा उद्योग छन् ? के कति उद्योग बन्द छन् ? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ ? यी सब योजना बनाएर कार्यन्वयन थाल्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने । 
बैठकमा राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेलले आर्थिक बर्ष २०७४÷०७५ को दोस्रो चौमसिक बजेट खर्च र आयोजनाहरुको प्रगति विवरण पेश गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप