राजनीतिक संक्रमणको अन्त्य गर्दैछौं : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक संक्रमण कालको अन्त्य गर्ने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौमा भएको प्रारम्भिक बाल शिक्षबारे अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भएको बताएका हुन् । ‘राजनीतिक संक्रमण काल अन्त्य गर्दैछौ, अब शिक्षासँगै विकासको गतिमा अघि बढ्नुपर्छ’ ओलीले भने ।
गुणस्तरीय शिक्षामा जोड दिदै उनले राज्यले शिक्षाका लागि उच्च प्राथमिकतामा वालबालिकालाई राखेको बताए । ‘९० प्रतिशत बालबालिकाको दिमाख ५ बर्षको उमेरमा विकास हुन्छ । त्यो समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।
सरकारले आगामी बर्षमा शिक्षालाई विशेष प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने भन्दै त्यसको सुरुवात यो बर्षको बजेट कार्यक्रमबाटै भएको बताए ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्ष सेवा पाएको भन्दै यो एशिया प्रशान्त क्षेत्रको अनुपात ६९प्रतिशत भएको बताए । उनले शिक्षाको गुणस्तरमा विकास गर्ने भन्दै संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना