शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियामा गुन्जियो नेपालको राष्ट्रिय गीत

मङ्गलबार, २२ जेठ २०७५, ११ : ०९
मङ्गलबार, २२ जेठ २०७५

वाशिंगटन डिसी– नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिनया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधिसहितको सहभागितामा नेपाली समुदायले नेपाली संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका छन् । हर्नडन जारी मेलामा अमेरिकनको उल्लेख्य सहभागिता हुनेहुँदा अवदेखि हरेकबर्ष पहचिानसहितका झाँकी प्रदर्शन गरिने आयोजकले जनाए । 

तीनवटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनए भर्जि्निया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने प्रयासस्वरुप उत्तरी भर्जि्निया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताए ।

कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनियास्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलले शुभकामना शन्देश पठाएका थिए । 

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपाल चिनाउने प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्ने बताए । त्यस्तै हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले नेपालको कला र संस्कृतिबाट प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन् । 

शहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफू जस्तोसुकै प्रयास गर्न पछि नपर्ने बताए । अतिथीहरुलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गर्नुका साथै झाँकी प्रदर्शनीमा नेपाल र अमेरिकाका राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल भन्ने नारा गुन्जाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप