बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा रहेका अवैध कामदारलाई  ३० अगष्टभित्र नेपाल फर्किन दूतावासको अपील

मङ्गलबार, २२ जेठ २०७५, १० : ५८
मङ्गलबार, २२ जेठ २०७५

काठमाडौं– मलेसियास्थित नेपाली दूताबासले अवैधरुपमा  कार्यरत नेपाली कामदारलाई आगामी अगष्ट ३० भित्र स्वदेश फर्किन अपील गरेको छ । 
सो मितिपछि मलेसियामा रहने अवैध विदेशी कामदारले मलेसियाको अध्यागमन कानून बमोजिम  कारबाहीमा परी जेल तथा डिपोर्टेसन क्याम्पमा लामो समयसम्म बस्नुपर्ने हुनाले सो बाट जोगिन अवैध रुपमा बसिरहेका कामदारलाई नेपाल फिर्ता हुन अपिल गरेको हो । 
उक्त मितिभित्र रोजगारदाता खोजी रिहाइरिङ मार्फत नयाँ भिषा लाग्न नसक्ने  हुँदा त्यसको भ्रममा नपर्न  समेत दूतबासले आग्रह गरेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप