अमेरिकाको बोस्टनमा श्रीमद्भागवतका लागि कलश यात्राको तयारी
अमेरिका– अमेरिकाको बोस्टनमा अगस्त ६ देखि १२ सम्म सप्ताहब्यापी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब हुने भएको छ ।
‘बोस्टन सप्ताह २०१७’ नाम दिइएको सो कार्यक्रमका लागि आयोजक पक्ष व्यापक तयारीमा जुटेको छ । उक्त बृहत आध्यात्मिक महोत्सबअघि बृहद कलश यात्रा गरिने भएको छ । बोस्टन सप्ताहको बिशेष कार्यक्रम रहेकोले १००८ महिलाहरुले आफ्नो सांस्कृतिक भेषभुषामा सजिएर नगर परिक्रमा गर्नेछन् । सप्ताहमा सांगीतिक वाचक तथा आध्यात्मिक कार्यक्रम प्रस्तोता युवा पण्डित वाचनप्रवीण दीनबन्धु पोख्रेलले गर्ने आयोजकले जनाएको छ ।
बोस्टनस्थित पशुतिपतिनाथको मन्दिर र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्यले सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ साताब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव आयोजना गरिएको हो ।
यसअघि बोस्टन सप्ताहका लागि १००१ सदस्यीय आयोजक मूल समारोह समिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन