एक महिनासम्म कोठा खोज्दा पनि पाइनन् यी सांसदले (भिडियाेसहित)
काठमाडौं– सांसद कलुदेवी विश्वकर्माले आफूले काठमाडौंमा एक महिनादेखि कोठा खोज्दा पनि नपाएको गुनासो गरेकी छिन् ।
संघीय संसद बैठकमा कोठा नपाएको गुनासो पोख्दै विश्वकर्माले भनिन्, ‘सबै भन्दा दुखलाग्दो कुरा त काठमाडौंमै छुवाछुतको भेदभाव छ । हामीले कोठा खोजेको पूरा एक महिना भयो । तर कोठा भेटेको छैन । अनि भन्छन् यो छुवाछुतको अन्त्य भयो । यो छुवाछुतको भावना कतै छैन भनेर संसदभित्रै बारबार सुनिराखेका छौं ।’
काठमाडौंमा त छुवाछुतको विकराल अवस्था रहेको छ भने दूरदराजका गाउँमा कस्तो होला भन्ने प्रश्न गर्दै उनले छुवाछुतको अन्त्य व्यावहारिक रुपमा हुन नसकेको बताइन् ।
उनले दलित भन्ने शब्दन नै हटाइनु पर्ने भन्दै आफूहरु सिल्पी भएको पनि बताइन् । उनले आफूहरुले बनाएको भाँडाकुँडा, गरगहनादेखि कपडासम्म घरभित्र पस्ने तर आफूहरु चाहिँ कसरी दलित हुने भन्दै आक्रोश पोखिन् ।
उनले छुवाछुत गर्नेमाथि कडाभन्दा कारबाही गर्ने पनि बताइन् ।
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइरहँदा उनले संसदमै छुवाछुतको उन्मुलन हुन नसकेको भन्दै कटाक्ष गरेकी हुन् ।
आजमात्रै दिवसको शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका थिए ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना प्रदान गर्दै उनले सबै नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताएका थिए ।
२०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकाे स्मरण गर्दै प्रमले भनेका छन्, ‘राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौती हो । छुवाछूत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध हो, छुवाछूत गर्नेलाई उन्मुक्ति दिइने छैन र यो हाम्रो प्रतिबद्धता हो ।’
ओलीले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाजनिर्माण गर्ने संकल्प गरिएको समेत बताएका थिए ।
नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ । तर, व्यवहारमा भने आज संसदमा विश्वकर्माले भनेभन्दा खासै फरक नभएको कतिपयले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण