शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशले हाइवे पक्डेको छ, गाडी पाँच गियरमा गुँड्छ : प्रधानमन्त्री

सोमबार, २१ जेठ २०७५, १४ : ०९
सोमबार, २१ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक संक्रमण सकिएकाले अव नयाँ गतिमा मुलुक अघि बढ्ने बताएका छन् । नयाँ संविधानअनुसार संघीयता कार्यन्वयनमा आएकाले अव विकासको लक्ष्य पुरा गर्नुपर्ने बताए । 

सोमबार प्रदेश ३ को प्रदेश सभालाई सम्बोधन गर्दै उनले नेपालले हाइवे पक्डिएको र अव गाडि पाँच गियरमा दौडने बताए । भने,‘ हाइवे पक्डेको छ, गाडि पाँच गियरमा गुड्छ अव अल्मलनुपर्ने छैन ।’ 
प्रधानमन्त्रीले जनप्रतिनिधिहरुलाई जनताले मन नपराउने कुनै काम नगर्न निर्देशन पनि दिए । ‘हिजो नमस्ते गरेर भोट पाउनुभएको छ । आज पनि तपाई कता जाँदै हुनुहुन्छ भनेर जनताले सोध्छन् । जनताले सोधेको प्रश्न दिन सधै तयार हुनुपर्छ ।’ 

‘दागिरहित र धव्वारहित हुनुस् । जनताका मान्छे र देश बनाउने संकल्प गरेका मानिस हौ हामी । जनताले हिसावकिताव गर्छन् । माननीयहरुको ध्यान त्यता जानुपर्यो’ प्रधानमन्त्रीको सुझाव थियो । आफू पाटपुर्जा फेरेको मेसिन जस्तै भएको भन्दै प्रम ओलीले तैपनि देशको काम गर्न १८ घण्टा खट्ने गरेको बताए  । भने ‘राजधानी ठुलो कुरा होइन, यसलाई विवादको विषय नवनाई विकासको लक्ष्यमा अघि बढ्नुस् । जनताका कामलाई पर्याप्त ध्यान दिनुस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप