शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हत्या आरोप लागेका  नेपालीलाई गोली हानी मृत्युदण्ड दिन आदेश

सोमबार, २१ जेठ २०७५, १३ : ११
सोमबार, २१ जेठ २०७५

काठमाडाै‌– हत्या आरोप लागेका एक नेपाली नागरिकलाई कतारी अदालतले  गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ ।

 कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका  महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । 

 फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले  उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ । नेपालीमाथि कतारमा भएको यो नै सबैभन्दा निर्मम सजाय भएको बताइएको छ । 

हत्या अभियोगमा  चौधरी सन् २०१७ अप्रिलमा पक्राउ परेका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप