शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोका नयाँ बडीगार्डः यसकारण छन् अत्यधिक चर्चामा

सोमबार, २१ जेठ २०७५, ११ : १५
सोमबार, २१ जेठ २०७५

आइएसआइएससहित विभिन्न चरमपन्थी संगठनको धम्कीपछि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रुसमा हुने फिफा वर्ल्ड कपका लागि एक विशेष व्यक्तिलाई आफ्नो अंगरक्षकको रुपमा नियुक्त गरेका छन् ।

उनका नयाँ अंगरक्षक नुनो मारेकोस, एक बुलफाइटर हुन् जो नाङ्गो हातले आधा टनको साँढेलाई चुनौती दिन्छन् । बुल फाइटिङका साथै उनी मिक्स्ड मार्शल आर्टस् (एमएमए) फाइटर पनि हुन् ।

मारोकोस हालै किवमा खेलिएको च्याम्पियन्स लीग फाइनलका बेला पनि रोनाल्डोका बडिगार्डको रुपमा त्यहाँ उपस्थित थिए । रसियामा आयोजना हुन लागेको वर्ल्ड कपमा रोनाल्डोको सुरक्षार्थ उनलाई बुक गरिएको हो ।

‘रोनाल्डो अत्यधिक बुल फाइटिङ हेर्छन् । नुनोको साहस र ताकत देखेपछि उनीलाई बडीगार्डको रुपमा आफूसँग जोड्ने निर्णय गरिएको हो,’ स्रोतलाई उद्धृत गर्दै द सनले भन्यो ।

‘आफूसँग नुनोजस्तो बलियो मानिस भएपछि उनीसँग कसैले पनि निहुँ खोज्न आँट नगर्ने उनको तर्क छ । नुनो किभमा रोनाल्डोसँगै थिए र उनी रोनाल्डोका लागि वर्ल्ड कपमा पनि हुनेछन्,’ रोनाल्डोको निकट स्रोतले बतायो ।

द सनका अनुसार पहाडजस्तो शरिर भएका नुनोको उचाई ६ फिट दुई इन्च छ । बुल फाइटको क्रममा आफ्ना आठ सदस्यको समूहमा उनी सबैभन्दा अगाडि बस्छन् । उनको काम साँढेलाई भड्काएर आफूतर्फ आकर्षित गर्नु हो, त्यसपछि उनी आफ्नो साथीसँग मिलेर भड्किएको साँढेलाई नियन्त्रणमा ल्याउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप